धरान । मेयर हर्क साम्पाङ संरक्षक रहेको नागरिक समाज धरानले यश वर्षको देउसी भैलो कार्यक्रम स्मापन गरेको छ ।
बुधबार एसएनएस पार्कमा मेयर हर्क साम्पाङको प्रमुख आतिथ्यमा औपचारिक कार्यक्रम गर्दै समापन गरेको छ । नागरिक समाजका अध्यक्ष दत्त लिम्बुको अध्यक्षता भएको समापन कार्यक्रममा सम्पुर्ण श्रमदाता सहितको सहभागीमा भव्य रुपमा नाचागान समेत गरेका थिए ।
दशै तिहारको सार्वजनिक बिदासंगै मेयर हर्क साम्पाङ युके भ्रमणपछि गत कार्तिक १९ गते धरान आएका थिए । मेयर आउनु अघि नै नागरिक समाजले देउसी भैलो शुचारु गरेका थिए ।
मेयर साङ्पाङले श्रमदाताहरु यश अघि पनि निरन्तर रुपमा रमाइलो गर्ने गरेको भन्दै देउसी भैलोबाट संकलित दक्षिणा बाढिपिडित औषधि किनेर खन नसक्ने जस्ता पीडितको लागि खेलिनुपर्ने बताए । नागरिक समाजले गत साल खेलिएको देउसी भैलोबाट संकलित दक्षिणा बाजुराका भुकम्प पिडितलाई ५ लाख रुपैया उपलब्ध गराएका थिए ।
Discussion about this post