किवानिजद्वारा बाढिपिडितलाई राहत वितरण

धरान । यसवर्षको भयानक अविरल वर्षापछी धरान उपमहानगरपालिका वडा नम्बर ६ मा क्षति पुर्‍याएकोमा किवानिज क्लबको आयोजना तथा होप धरानको संयोजनमा ७६ हजार बराबरको राहत वितरण गरेको छ ।
बुधबार तत्कालिन घटनास्थल सेरा सूचना बस्तिमा नै पुगेर पिडित १५ घर परिवारलाई आवस्यक राहत खाद्यान्न लत्ताकपडा कपडा वितरण गरिएका कुरा किवानिज तथा होप धरानका निश्चल पलिखेले जानकारी दिए ।

राहत वितरण कार्यक्रम शसस्त्र प्रहरी बल धरानका डिएसपी देवेन्द्रबहादुर सिंहको प्रमुख आतिथ्य सम्पन्न भएको हो । निश्चल पलिखेले गत असोज २३ गतेको वर्षा र बाढिले त्यहाँ रहेका १५ घर परिवारलाई बिस्थापित गरेपछी किवानिजको पहलमा विभिन्न व्यक्ति संघसंस्थाबाट प्राप्त सहयोगलाई लिएर राहत वितरण गरेको कुरा पलिखेले जानकारी दिए ।
जस अनुसार १५ घर परिवारलाई रु २ हजार ५२० को खाद्यान्न सहित तृपाल लत्ताकपडामा तन्ना सिरानिको खोल लगायत वितरण गरिएको कुरा जानकारी दिए ।

होप धरानसंगै पछिल्लो समयमा किवानिज क्लब समेत स्थापना भएपछी दैबी प्रकोपबाट पिडित,दीर्घ रोगी,बिद्यालयको भौतिक मर्मत अनि बिपन्न बर्गका विद्यार्थीलाई पोशाक ब्याग लगायतका सामग्री नियमितरूपमा वितरण गरिदै आएको छ ।तस्बिरहरु: गोपाल पौडेल / नवीन सेन्चुरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित