सुबिधा सम्पन्न अस्पताल नहुँदा भोटखोलाबाट सुत्केरी गराउन हेलिकप्टरमा लगे

संखुवासभा । चीन सिमा जोडिएको प्रदेश १ संखुवासभा जिल्लाको उत्तरी दुर्गम भोटखोला गाउँपालिकामा सुबिधा सम्पन्न अस्पताल नहुँदा हेलिकप्टरबाट उपचारको लागि काठमाडौ लगिएको छ ।

भोटखोला गाउँपालिका वडा नम्बर २ लिङ्गम बस्दै आएका जीवन कुमारीलाई सुत्केरी बेथा लागेपछी स्थानीय स्वास्थ्य संस्थामा उपचार हुन नसकेको नेपाल प्रहरीले जनाएको छ । जीवनकुमारीलाई सुत्केरी बेथा लागेपछि सुबिधा सम्पन्न स्वास्थ्य संस्था अभावमा तत्काल प्रहरी र स्थानीयको सहकार्यमा काठमाडौ लगिएको हो ।

जीवन कुमारिलाई सुत्केरी गराउन नेपाली सेनाको हेलिकप्टर बोलाई काठमाडौ लगिएको कुरा नेपाल प्रहरीले जनाएको छ । तस्बिर : नेपाल प्रहरी 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित