नेपाल सम्बतको अवसरमा धरानमा प्रभातफेरि ,आजबाट नेपाल सम्बत ११४५ शुरु

धरान । नेपाल सम्बत ११४५ को प्रारम्भको अवसरमा धरानमा प्रभातफेरिको आयोजना गरिएको छ ।

धरान उपमहानगरपालिका र झिगु समाज धरानको आयोजनामा शनिवार नगर परिक्रमासंगै प्रभातफेरीको आयोजना गरिएका थिए । विभिन्न संघसंस्थाबाट उपस्थिति भै धरान नगर परिक्रमापछि वडा नम्बर ३ चिनियाँ चोकमा रहेको शंखधर साख्वाको शालिकमा माल्यार्पण गरिएका थिए । नेपाल सम्बत राष्ट्रको गौरव,सांस्कृतिक सम्पदा पुर्खाको पौरख भन्ने मुल नाराकासाथ नगर परिक्रमा गरिएका थिए ।

शंखधर साख्वाले गरिबहरुको ऋण मुक्त गरिपछी चलनमा आएको सम्बत नेपाल सम्बत रहन गएको हो । आजबाट ११४४ लाई बिदाई गरि ११४५ प्रारम्भ भएको छ । शङ्खधर साख्वा नेपालका राष्ट्रिय बिभूति र नेपाल संबतका प्रवर्तक रहेको भन्दै नेपाल सरकारले २०५६ मंसिर ३ गते राष्ट्रिय बिभुती घोषणा गरेको हो।
शङ्खधर साख्वा कान्तिपुरको इलाछेंमा बस्ने एक व्यपारी थिए । उनि एक समाजसेवी पनि थिए ।

जसले तत्कालीन नेपालीलाई ऋणबाट मुक्ति दिलाएका थिए । उनले वि. सं. ९३६ मा कान्तिपुर र भादगाउँका जनताको सम्पूर्ण ऋण तिरी नेपाल सम्बतको थालनी गरेका थिए। तत्कालीन समाजमा शुद्र जातिलाई पशुपतिका प्रवेशमा बन्देज लगाइएको थियो। कान्तिपुरका राजा राघवदेवले शङ्खधरको योगदानलाई कदर गरी शुद्र जातिलाई पशुपतिमा प्रवेश दिएका थिए। उनले प्रचलनमा ल्याएको नेपाल सम्बत वि. सं.१९६० सम्म पनि नेपालको सरकारी कामकजको भाषाका रूपमा प्रयोग गरिन्थ्यो। तर तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शमशेरले बिक्रम सम्बतलाई चलनमा ल्याएका थिए।
किम्बदन्ति अनुसार ज्योतिषहरूले निकालेको शुभ साइतमा भद्रमती र बिष्णुमतीको दोभान लखुतीर्थबाट बालुवा झिकेर ल्याए । त्यो वालुवा सुनमा परिणत हुन्छ भनेर भादगाउँका राजा आनन्ददेवलाई भनेका थिए। सोही बमोजिम राजा आनन्ददेवले शुभ साइतमा बालुवा झिक्न भरियाहरूलाई पठाए कान्तिपुरका व्यापारी शङ्खधर साख्वाले शुभ साइतमा झिकेको बालुवाको भारी ल्याएको देखे।

शङ्खधरले ती भरियाहरूलाई फकाइ फुल्याइ पैसा दिएर उक्तवालुवा आफ्नो घरमा खन्याउन लगाए र पुनः खोलाबाट बालुवा झिकी राजाले भने बमोजिम गर्न भरियाहरूलाई अह्राए। ज्योतिषहरूको भविष्यवाणी मुताबिक चारदिनपछि सो बालुवा सुनमा परिणत भयो। तर राजाको भण्डारमा खन्याएको बालुवा सुनमा परिणत भएन किन भनें तयो बालुवा झिक्दा शुभसाइत बितिसकेको थियो।

त्यसपछि शङ्खधरले त्यो सुनबाट लोकको कल्याण गर्ने विचार गरे। विभिन्न ज्योतिषहरूको राय सुझाब अनुसार उनले कान्तिपुर र भादगाउँका जनताहरूको ऋण मोचन गरीदिने निर्णय गरे। राजाको अनुमति लिएर शङ्खधरले नेपाल सम्बत १ पनि सुरुगर्न सफल भए। साख्वा:को घर हालको काठमाडौँको मरुसत्तलको इलाछेमा थियो । त्यस्तै उनले बनाएको चैत्य कंकेश्वोरिमा रहेको बताइन्छ। आफ्नो धनबाट जनताको ऋण तिरि जनताहरूलाई ऋण मुक्त पारिदिएकाले साख्वा:लाई नेपालको तत्कालीन मन्त्रीपरिषदको निर्णय अनुसार २०५६ मङ्सिर २ गते देखि शङ्खधर साख्वालाई नेपालको राष्ट्रिय विभूतिका रूपमा घोषणा गरिएको छ।

नेपाल सरकारले सरकारी कागजातमा विक्रम संवतसँगै नेपाल संवत् समेत उल्लेख गर्ने निर्णय गरेको छ । २०८० साल कार्तिक २८ गतेदेखि मन्त्रिपरिषद बैठकले नेपाल सम्वत् ११४४ (२०८० कात्तिक २८ गतेदेखि) विक्रम संवत् उल्लेख गरिने सरकारी कागजातमा नेपाल संवत् समेत उल्लेख गर्ने निर्णय गरेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित