धरानमा वडा स्तरीय महिला फुटबल प्रतियोगिता हुने

धरान । धरानमा नै पहिलोपटक प्रथम धरान वडा स्तरीय महिला रनिङ कप फुटबल प्रतियोगिता आगामी मंसिर २२ गतेदेखि हुने भएको छ ।

प्रतियोगिता बारे धरान उपमहानगरपालिका वडा नम्बर १६ मा मंगलबार पत्रकार सम्मेलन गरेर जानकारी दिए । प्रतियोगिता धरान १६ वडाको आयोजना तथा जनपथ जागरण समाजको संयोजनमा प्रतियोगिता हुने कुरा वडा अध्यक्ष मुरारी भट्टराईले जानकारी दिए ।

नेपाली खेलकुदको विकासकममा सबैभन्दा लोकप्रिय विश्व मानवलाई एउटै नियमले बाध्न सफल खेलकुद भएकाले त्यसमा पनि सर्वाधिक चर्चामा सधै रहने चाहे त्यो टोल होस होस वा वडा, क्लब होस वा देश वालवालिका देखि बृद्धाहरु सम्मको मन र मष्तिकमा बस्न सफल फुटवल खेलले हरेक नेपालीहरुको ढुकढुकी बन्न सफल रहेको बताए । जसमा नेपाल सरकार देखि फुटवलका सम्बन्धित संस्थाबाट फुटवल विकासका लागी भनि कुनै ठोस योजना महित स्थानिय स्तरमा कार्यक्रमहरु ल्याउन नसके पनि यसको योजनाबद्ध ढंगले खेलाडी उत्पादन र व्यवसायीकीकरण गर्न नसकिरहंदा पनि सम्पूर्ण वालवालिका, युवा तथा बुढाहरुबाट रुचिका साथ खेलिने गरिए‌को जनाएको छ। जसमा अहिले त झनै महिला प्रति पनि यसको आर्कषण अत्यधिक भएको तपाई हामी विच सर्वविदितै रहेको पनि जानकारी गराउन चाहान्छु भनिएको छ ।

यस किसिमको आर्कषण रहदा रहदै पनि दिर्घकालिन योजनाका साथ महिला फुटबल खेलाडी उत्पादनमा ध्यान दिईएको कतै नपाईएको जनाएको छ । त्यसै क्रममा दिर्घकालिन, दक्ष र भोलि राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका महिला खेलाडीहरु उत्पादन गर्ने क्रममा गाँउ, नगर स्तरबाट उत्प्रेरणपूर्ण महिला फुटवल प्रतियोगिताहरु संचालन गर्न आवश्यक देखिएको जनाएको छ। जसलाई मध्यनजर गर्दै धरान उपमहानगरपालिका १६ नं. वडा कार्यालयको आयोजना तथा जनपथ जागरण समाजको संयोजनमा यहि मिती २०८१ मंसिर २२ गते देखी ३० गते सम्म प्रथम धरान बडा स्तरिय महिला रनिङ्ग कप फुटवल प्रतियोगिता २०८१ आयोजना गर्ने निर्णय भएको जनाएको छ ।

प्रतियोगितामा अनुमानित लागत ६ लाख ४० हजार रहने बताएको छ । जसमा प्रतियोगितामा प्रथम पुरस्कार ८० हजार नगद रहेको जनाएको छ । त्यसैगरी दोस्रो हुनेले ४० हजार नगद रहेको कुरा पत्रकार सम्मेलनमा जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित