मेयर बालेन साहले स्वदेशी फूल उत्पादकलाई प्रोत्साहन,प्लास्टिक फूललाई प्रतिबन्ध

काठमाडौ । काठमाडौ महानगरपालिकाका मेयर बालेन साहले नजिकिदै गरेको बलिहाङ तङ्नाम दिपावलि तिहारलाई लक्षित गर्दै स्वदेशी फूल उत्पादकलाई प्रोत्साहन गर्ने भएको छ ।

मेयर बालेनले सामाजिक सन्जलमा स्टाटस लेख्दै तिहारमा स्वदेशी फूल उत्पादक किसानलाई प्रोत्साहन गरिने उल्लेख छ । त्यसैगरी तिहरमा प्लास्टिकजन्य रंगीबिरङ्गी फूलले वातावरण बिगार्ने तर्फ लक्षित गर्दै प्लाष्टिकका फूल विक्रीमा प्रतिबन्ध लगाउने उल्लेख छ ।

मेयर बालेन साहको स्टाटस :

काठमाडौँ महानगरपालिकाले स्वदेशमा उत्पादन भएका फूलको विक्री वितरणलाई व्यवस्थित गर्न यस वर्षको दिपावली, नेपाल संवत् तथा छठ पर्वका अवसरमा महानगरपालिका क्षेत्रभित्रका ४६ स्थानमा विक्री वितरण प्रबन्ध गरेको छ । प्लाष्टिकजन्य फूल तथा सजावटका सामग्री विक्री वितरणमा रोक लगाउँदै स्वदेशमा उत्पादन भएका फूलको व्यापारलाई प्रवर्धन गरिएको हो ।

गएको वर्ष पनि हामीले प्रदर्शनी मार्गको भृकुटीमण्डप, तीनकुने चउर, हाँडीगाउँ र बालाजु विष्णुमती कोरिडोरमा फूल विक्री गर्ने स्थान मिलाइएको थियो । त्यस ठाउँमा पुग्न महानगर प्रहरी बलको सवारी साधन उपयोग गरिएको थियो । गएको वर्षको सिकाइ र अभ्यासबाट यस वर्ष फूल विक्रेता किसानहरूलाई सहज बनाउने प्रयास हुनेछ । यसका लागि मल, मार्ट, पार्क, पार्टी प्यालेस, सेन्टरहरूमा व्यवस्था मिलाइएको छ ।

स्वदेशी फूल व्यापारी किसानहरूले आफूलाई पायक पर्ने स्थान छनोट गरेर विक्री गर्न सक्नुहुनेछ । यसका लागि सम्पर्क व्यक्तिको नम्बर वा महानगर प्रहरी बलको क्षेत्रबाट पनि सहजीकरण काम हुनेछ ।

जानकारीका लागि काठमाडौं महानगरपालिकाको निःशुल्क नम्बर ११८० मा कल गर्न सक्नु हुनेछ । वा नगर प्रहरीको हटलाइन नम्बर ०१५९०१७६३, ९८५१३५६५०९ मा कल गरेर थप जानकारी लिन सक्नु हुनेछ ।

यससँगै हामी व्यापारीहरूलाई फूल तथा अन्य सजावटका सामग्री विक्री वितरण नगर्न नगराउनुहुन अनुरोध गर्दछौँ । यदि कसैले लुकिछिपी विक्री गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुनेछ यससँगै सम्पूर्ण उपभोक्ताहरूलाई स्वदेशी फूल खरिद गरेर नेपाली किसानहरूलाई प्रोत्साहन गर्नुहुन अनुरोध गर्दछौँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित