बिराटनगर । धरान उपमहानगरपालिकाको कार्यवाहक काण्ड विपक्षी मध्येका नगर प्रमुख हर्कराज राईका नाउँको म्याद तामेल हुन नसकेको भन्दै कार्तिक १३ गतेको लागि पेशी तोकिएको छ।
उच्च अदालत बिराटनगरले आज आदेश गर्दै म्याद तामेल हुन नसकेको भन्ने प्रतिवेदन मिसिल संलग्न रहेको देखिंदा प्रस्तुत निवेदनमा आज सुनुवाई गर्न मिलेन उल्लेख छ ।
आदेशमा अब, धरान उपमहानगरपालिकाको कार्यालयमार्फत् वा प्रमुख प्रशासकिय अधिकृतमार्फत् निज विपक्षी नगर प्रमुखसँग समन्वय गरी प्रचलित कानूनबमोजिम निजको नाउँको म्याद तामेल गरी अन्तरिम आदेश छलफलका लागि कार्तिक १३ गते पेशी तोकी सो को जानकारी दुवै पक्षलाई गराई नियमानुसार पेश गर्नु भनिएको छ ।
आदेशमा सो अवधिसम्मका लागि यस अदालतबाट कार्ती ४ गते जारी भएको अल्पकालिन अन्तरिम आदेशलाई निरन्तरता गरिदिएको पनि उल्लेख छ ।
मेयर हर्क साम्पाङले आफू युके जाने भएपछि गत असोज २३ गते धरान ११ का वडा अध्यक्ष लोकेन्द्र फागोलाई कार्यवाहक मेयरको जिम्मेवारी दिएका थिए । यश विषयमा स्थानीय सरकार संचालन ऐन अनुसार उप मेयरको हैसियतले आफुले पाउनुपर्ने जिकिर गर्दै पत्रकार सम्मेलन गरि उच्च अदालत बिराटनगरमा रिट हालेका थिए । उच्चले अल्पकालीन आदेश जारी गर्दै कार्यवाहक मेयर फागोलाई दिएको पत्र कार्यान्वयन नगर्न भनेपछि फागो गत सोमबारदेखि हटेको छ ।
Discussion about this post