धरान । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफू युके गएको अवस्थामा वडा नम्बर ११ का वडा अध्यक्ष लोकेन्द्र फागोलाई दिएको पत्र कार्यान्वयन नगर्न उच्च अदालत बिराटनगरले अन्तरिम आदेश जारी गरिएको छ ।
उच्च अदालत बिराटनगरले धरान उप महानगरका उप मेयर आइन्द्र बेघाले मेयर हर्क साम्पाङलाई बिपक्षी बनाउदै हालिएको रिटको सुनुवाइ गर्दै आज अन्तरिम आदेश आदेश जारी गरिएको हो ।
आदेशमा धरान उपमहानगरपालिका नगरकार्यपालिकाको कार्यालयबाट लेखिएको च.नं. २३२८ मिति २०८१/६/२३ को पत्र कार्यान्वयन नगरी यथास्थितिमा राख्नु भनी विपक्षीहरुका नाममा उच्च अदालत नियमावली, २०७३ को नियम ४२ बमोजिम अल्पकालिन अन्तरिम आदेश जारी गरिदिएको छ उल्लेख छ ।
स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा १६ को कार्य विभाजन सम्बन्धि व्यवस्था अन्तर्गतको उपदफा (४) को देहाय (क) को देहाय (१२) से गरेको व्यवस्था र धरान नगरकार्यपालिका कार्य विभाजन नियमावली, २०७४ को अनुसूची ४ मा काम, कर्तव्य र अधिकार सम्बन्धमा भएको व्यवस्था एवं सुविधा सन्तुलनको दृष्टिकोणबाट समेत उल्लेखित अन्तरिम आदेश सम्बन्धि छलफल पेसीका दिन सम्मको लागि भन्दै अन्तरिम आदेश जारी गरिएको छ ।
Discussion about this post