धरान । धरानका मेयर हर्क साम्पाङ यतिबेला युके भ्रमणमा छ । धरान युके समाजको आयोजनामा सुम्निमा पारुहाङको सहयोगार्थ निमन्त्रणा गरेपछि करिब दुई हप्ताको कार्यक्रम तयसंगै धरानबाट २८ गते बाटो लागेको हो ।
मेयरको अनुपस्थितिमा दशैपछिको पहिलो श्रमदान भएको हो । माया धराने साबुन उद्योग परिसरको पकुवा खोलाको बगरमा ट्याक्टर सहितको श्रमदान व्यापक रुपमा भएको छ । बिहानीपख कार्यवाहक मेयर लोकेन्द्र फागो समेतको उपस्थितिमा श्रमदान सन्चालन भएका थिए ।
रानु बिनाको माहुरीको अवस्था कस्तो होला भन्ने जनचासो सहितको शनिवारको श्रमदान उत्साहजनक रुपमा सन्चालन भएको थिए । शनिवार अरु समय जत्तिकै उपस्थिति रहेका थिए । मेयर हुँदा र नहुदाँको श्रमदान खासै फरक देखिएको थिएन ।
Discussion about this post