केबुलकार कम्पनीको सुरक्षार्थ खटिएका प्रहरी फिर्ता गर्न गृह मन्त्रीलाई ध्यानाकर्षणपत्र

ताप्लिजोङ । मुकुम्कुङमा केबुलकार निर्माण गर्न ताप्लेजुङ जिल्ला मुस्कुमलुङ क्षेत्र तल्लो फेदी काफ्‌ले पाटीमा परिचालन गरिएको प्रहरी टोली फिर्ता गर्न भन्दै संघीय सरकार र प्रदेश १ गृहमन्त्रीसमक्ष ज्ञापनपत्र बुझाएको छ ।

मुकुम्लुङ बचाओ संघर्ष समिति सहित केबुलकार निर्माण विरुद्ध गठन भएका विभिन्न संघसंस्थाले सरकारले केबलकार व्यापारीलाई सुरक्षा दिन मुक्कुम्लुङ क्षेत्रको काफ्‌ले पाटीमा प्रहरी टोली परिचालन गरेको दाबी छ । यसरी परिचालित प्रहरी तत्काल हटाउन ध्यानाकर्षण गर्दै नहटाए प्रहरी र स्थानीय द्वन्द्व हुने चेतावनी समेत दिएको छ ।
माथिल्लो अर्थात ठुलो फेदीमा जनपद प्रहरी परिचालन भईरहेको अवस्थामा काफ्‌ले पाटीमा थप २६/२७ जनाको प्रहरी टोली परिचालन गर्नुको उदेश्य जन ईच्छा विपरित रहेको जनाएको छ । मुक्कम्लुङमा केबलकार निर्माण गर्ने पक्षलाई प्रष्टरुपमा सहयोग र समर्थन गरिहेको भन्ने सर्वसाधारण जनस्तरमा समेत बुझाई भएको र यस अघि पनि यस्तै थप परिचालित प्रहरी टोलीको सहयोगबाट रातारात गुण्डागदी शैलीमा मुक्कुम्लुङको जंगल फडानी समेत भएकोले हाल परिचालन गरिएका प्रहरी टोली तुरुन्तै फिर्ता नगरे स्थातिय जनसमुदाय र प्रहरी प्रशासन बीच दण्ड सिर्जना हुने चेतावनी दिएको छ । सरकारको यो कदमका कारण त्यहाँ अप्रिय घट्‌नाहरु हुन सक्छन । त्यस्तो अप्रिय स्थिति उत्पन्न भए जनसमुदायको शान्ति र सुरक्षाको जिम्मा लिएको सरकारले जिम्मेवारी लिनु पर्ने चेतावनी दिएको छ । ध्यानाकर्षणपत्रमा समयमा नै सरकार सचेत रहोस भनेर माननिय गृह मन्त्रिलाई यो ज्ञापन पत्र बुझाउने काम गरेका छौ उल्लेख ।

ध्यानाकर्षणपत्रमा यि सबै काम कार्वाहीहरु अन्तर्राष्ट्रिय कानून, वि.सं. १८३१ कान्तिपुर नेपाल र लिम्बुवान वीच भएको सन्धि र नेपालको संविधानको धारा ३२ (३) को खिलापमा रहेको दाबि छ। यस्तो अन्तर्राष्ट्रिय कानून र संविधानको धारा ३२(३) को उलंघन गरिएकोमा त्यहाको समुदायको प्रतिनिधीत्व गर्ने संघसंस्थाहरुको जोडदार विरोध रहिरने जानाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित