निमा पोङ्स्युवा
धनकुटा । बिगत पाँच वर्षदेखि गरिदै आएको श्रद्धाञ्जली सभा दशैको टिकाको दिन धनकुटामा यसपटक पनि गरिएको छ ।
धनकुटा जिल्लाको वडा नम्बर ७ र ८ मा झुण्डुवा (चुलि वन) मा रहेको रिदामा र राम्लिहङको पुर्ण कदको शालिकमा शनिवार माला खादा लगाएर श्रद्धाञ्जली सभा गरेको थियो ।
श्रद्धाञ्जली सभामा सहभागी हुन मंगोल नेशनल अर्गनाइजेसन डा. गोपाल गुरुङ समुह,जसपा नेपाल ,पहिचानका लागि युवा सुनसरीका राजु के राई,सिवाहाङ राई, नेपाल पत्रकार महासंघ सुनसरी अध्यक्ष जनक ऋषि राई,अभियन्ता शिव नाना, अमित थेवे,सन्तोष कुरुम्भाङ,तेन्जिङ शेर्पा,सिर्जना बेघा लगायत व्यक्तिगत तथा संस्थागत रुपमा आएका थिए । मंगोल नेशनल अर्गनाइजेसनका केन्द्रिय अध्यक्ष विरलाल राईको नेतृत्वमा श्रद्धाञ्जली सभामा आएका थिए ।
बिरलालले संसारको जुनसुकै देशमा त्यहाका मुलवासीलाई हटाएर सत्तामा जान नपाइने भए पनि नेपालमा भने बाहुन समुदायले मुलवासीमाथि शासन गरेको बताए । मलेसियाको उदाहरण दिदै चीनिया कम्पनी धनी चन तर त्यहाको मुलवासिलाई अनिवार्य रुपमा प्राथमिकतामा राखेर मात्र सन्चालन गर्न पाउने कानुन रहेको उल्लेख गरे । उनले नेपाल आइ एल ओ पक्ष राष्ट्र भएकोले उस्को पहिला स्वीकृति लिनुपर्ने बताए । तर मेची कोशी गण्डकी टनकपुर बेच्दा नेपालका मुलवासीसंग बसेर सल्लाह नगरी बेचेको आरोप लगाए । अन्तरास्ट्रिय सन्धि त सम्बन्धित देशको कानुनसङ्ग बाझिए पनि मुलवासिको हकमा देशको कानुन निष्क्रिय हुने बताए । रिदामा राम्लिहाङलाई राष्ट्रिय विभुतिको रूपमा घोषणा माग गरे ।
दशै नमानेको आरोपमा आप्रवासीले रिदामा राम्लिहाङलाई हत्या गरेको बताए । उनिहरुले अरुको दासता स्वीकार नगरेकै कारण आज हामी यो अवस्थामा रहेको बताए । रिदामा राम्लिहाङले दशै मानेर दासता स्वीकार गरेको भए अर्कै अवस्था हुने बताए ।
नरेन्द्र थुलुङले धनकुटाका आठपहरियाको पहिचान मेटिनुमा उनिहरु जागतुक नभएको बताए । नत्र धनकुटाको नाम पनि आठपहरियाबाट हुने बताए ।
पहिचानका लागि युवाका सिवाहाङ राईले दशैको जातिगत र धार्मिक रुपमा बिरोध नगरेको बताए । हिन्दु बाहेकको दशै चाड नभएको जिकिर गर्दै केही वर्ष अगाडि रेडियो नेपाल,नेपाल टेलिभिजन,गोर्खापत्रले हिन्दुहरुको महान चाड दशै भन्ने गरेको स्पष्ट पारे । तर अहिले त्यो कुरा लुकाएर नेपालीहरुको महान चाड भनेर शब्द जाल गरेको आरोप लगाए । दशै नेपालीको चाड नभै भारतिय चाड भएको भन्दै प्रमाणको रुपमा मालश्रीलाई प्रस्तुत गरे ।
प्राप्त अभिलेख अनुसार सन १८६७ मा तत्कालीन शासकले दशै मानेको नमानेको हेर्न उर्दि गर्दा आठपहरियाका रिदामा राम्लिहाङ पुजारी समेत रहेको दशै हाम्रो चाड होइन मान्न नसकिने भन्दा कुटपिट लछारपछार गर्दै अन्त्यमा खरिको बोटमा झुन्ड्याएर मारिको उल्लेख छ । यसरी झुन्ड्याएर मारिएको ठाउँलाई नै झुन्डुवा भनिएको हो ।
बिगत चार वर्षदेखि किरात आठपहरियाको संयोजनमा श्रद्धाञ्जली कार्यक्रम गरिदै आएकोमा केन्द्रीय समिति परिवर्तनसङ्गै यसपटक भने किरात आठपहरियाको संस्था नै अनुपस्थित रहे । यस अघि शालिकमा सरसफाइका साथै सजाएर राखिने शालिक पुर्णरुपमा फोहोर भएको सफा नगरेको पाइयो । श्रद्धाञ्जली सभामा सहभागी भएका सबैले आठपहरिया समुदायले शालिक र रिदामा राम्लिहाङमाथी गरेको व्यावहारको खुलेर निन्दा र आलोचना गरेका थिए । देश विदेशबाट साथ पाइरहेका यस विषयमा स्वयं आठपहरिया समुदाय नै जागरुक नदेखिएको आलोचना गरे ।
स्मरण रहोस किरात आठपहरिया समाजका केन्द्रिय अध्यक्ष अष्टबहादुर छुङ्देन,धनकुटा वडा नम्बर ५ का वडा अध्यक्ष,नेपाल आदिवासी जनजाति जिल्ला समन्वय परिषद अध्यक्षसंग चिसेफायु मिडियाले केही दिन गरेको वार्तालापमा आठपहरियालाई नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानमा सूचीकरण नगरेको गरेका थिए । यतिबेला आठपहरियाले रिदामा राम्लिहाङलाई तत्कालीन अध्यक्ष सार कुमारी आठपहरियाले प्रथम सहिद घोषणाको माग गर्दै आएको छ । तर धनकुटा भन्दा बाहिरबाट यतिका समय र साथ पाइरहदा स्वयं आठापहरिया संस्था नै अनुपस्थित हुँदा आठपहरिया सूचीकरण मात्र होइन रिदामा रामलिहाङ प्रथम सहिद घोषणा हुनेमा कत्ती पनि दवाब पुग्ने देखिदैन ।
Discussion about this post