धरान / गत चैत १२ गते सम्पन्न भएको धनकुटा साँगुरीगढी ९ स्थीत चाँदी बजार महोत्सवको हिसाब सार्वजनिक गरिएको छ ।
सामाजिक संजालमा चर्को आलोचना गरिएपछी आयोजकले ६ महिनापछी हिसाब सार्वजनिक गरिएको हो । आयोजक समिति भित्रैबाट हिसाब सार्वजनिक नगरेको आलोचना भएपछि आय ब्यय सार्वजनिक गरिएको हो । आयोजकका अध्यक्ष सन्तोष राईले सार्वजनिक गरिएको आय व्ययमा १० लाख ७ हजार ५४० भएको जनाएको छ । त्यसैगरी व्ययतर्फ कार्यक्रम सन्चालन तथा व्यावस्थापनतर्फ ६ लाख ५५ हजार ८१ रुपैया देखाएको छ । भौतिक पुर्वाधार निर्माणतर्फ ८९ हजार ३४० खर्च विवरण देखाएको छ । विविध खर्च भन्दै ९२ हजार ३५५ रुपैया देखाएको छ । कुल खर्च ८ लाख ३६ हजार ७७६ भएको जनाएको छ ।
प्रथम चाँदि बजार महोत्सवमा कलाकार फुलेन्देको आमा गायिका सुनिता थेगिम सहित स्थानिय कलाकारहरुको प्रस्तुति रहेका थिए ।
Discussion about this post