धरान । धनकुटा जिल्ला छथर जोरपाटी गाउँपालिका वाड न. १ हात्तिखर्क निबासी धाबक देबिन्द्र बहादुर लिम्बू खेवा “डेबिड” काठमाण्डौ दशरथ रङ्गशाला देखि धनकुटा टुडिखेल र धनकुटा देखि धरान सम्म रनिङ गरेरका प्रथम ब्याक्ती हुन ।
उनी फ्रान्स आर्मीको सपना बोकेर युरोप छिरेका थिए । तर सपना पूरा हुन नसके पछि पोर्चुगलमा आफ्नो रनिङलाई निरन्तर दिन्दै Madeira island मा त्यहाँको स्थानीय एक क्लब MTT CLUB – Madeira trail Race team मा सदस्या बनी त्यस ठाँउको सबै भन्दा ठुलो रन Ultra Madeira Race मा सहभागी भएका छन ।
यहि ५ अक्टोबर ३०२४ मा भएको ८३ कि.मि को race मा १० घन्टा २९ मिनेट ३ सेकेन्ड मा पार गर्दै तेस्रो स्थान ओगट्न सफल भएका छन भने भेट्रान तर्फ प्रथम स्थान ओगट्न सफल भएका छन ।
उनी सन २०२५ मा हुने मल्टी ट्रैल रेसको लागि पनि तयारी गरीरहेका छन ।
उक्त दौडको सौजन्य भने उनी काम गर्दै आएका classes concreto company ले गरेका छन ।
उनी भन्छ्न प्रत्यक्ष अप्रत्यक्ष संचार मध्यामहरुबाट साथ सपोर्ट गरेर हौसला प्रदान गर्ने सम्पुर्ण खेलकुद प्रेमीहरुलाई धन्यवाद दिन चाहान्छु । साथै सवै खाले साथ सहयोग गरेर अझ हौसला प्रदान गर्न अनुरोध छ । म दौड मार्फत नेपाललाई बिश्वमा चिनाउन चाहान्छु ।
Discussion about this post