धरान । बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानले खुकुरी प्रहारबाट आन्द्रा बाहिर निस्केको आर्थिक रुपले असक्त एक बिरामीको ज्यान बचाएको छ ।
बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानका सह प्रवक्ता डा. अभिजित कुमारले जानकारी दिए अनुसार नाम नखुलाएको जिल्ला धनकुटा, महालक्ष्मी नगरपालिकाबासी तीस वर्षीयका उक्त ब्यक्तिले पारिवारिक हिंसाका कारण आत्महत्या गर्ने उद्देश्यले आफैले पेटमा छुरा हानेको बिज्ञप्तिमा उल्लेख छ ।
घट्ना भदौ २९ गतेको भएपनि आन्द्रा समेत कुहिने अवस्थामा आर्थिक अवस्था कमजोर भएको भदौ ३० गते बिपिको इमर्जेन्सीमा आएको जनाएको छ ।विरामीको अभिभावक कोहि पनि नभएकाले प्राथामिक उपचारका साथै अप्रेशनका लागि अति आवश्यक पर्ने जांच परिक्षण, रगतको व्यवस्था, औषधी एवम् अप्रेशनमा चाहिने सामाग्रीको व्यवस्था गर्न कठिनाई भएकोले अस्पताल प्रशासनसँग समन्वय गरि अप्रेशन मिति २०८१ भाद्र २१ गते भएको जनाएको छ ।
घटना तथा उपचारको नालिबेली :
खुकुरी प्रहारबाट आन्द्रा बाहिर निस्केको आर्थिक रुपले असक्त बिरामीको ज्यान,वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले बचायो
वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले आफै माथि खुकुरी प्रहार गरी आन्द्रा बाहिर निस्केको एक जना बिरामीको ज्यान बचाएको छ । बीस वर्ष देखि नियमित रुपमा रक्सी सेवन गर्ने जिल्ला धनकुटा, महालक्ष्मी नगरपालिकाबासी तीस वर्षीय उक्त व्यक्ति गत २०८१ भाद्र २९ गते राती करिब १० बजेतिर पारिवारिक हिंसा पश्चात आत्माहत्या गर्ने उदेश्यले पेटमा खुकुरी प्रहार गरेका थिए। उक्त घटना छिमेकीले थाहा पाई सुरक्षाकर्मीको रोहवरमा गम्भिर अवस्थामा नीजलाई एम्बुलेन्सबाट प्रायामिक उपचारका लागि नजिकको धनकुटा जिल्ला अस्पतालमा लगियो र त्यहाँबाट यस प्रतिष्ठानमा रेफर गरियो ।
मिति २०८१।५।३० गते सो विरामी बिहान ८ बजे तिर प्रतिष्ठानको इमर्जेन्सी कक्षमा आन्द्रा बाहिर निक्लिएको एवम् आन्द्रा कुहिएको अवस्थामा आइ पुगेका थिए। निजको आफन्त कोहि पनि उपस्थित नरहेकोले प्रहरीसँग समन्वय गरी प्रतिष्ठानको जेनेरल प्राक्टिस एण्ड इमर्जेन्सी मेडिसिन विभाग, जेनेरल सर्जरी विभाग तथा एनेस्थेसियोलोजी एण्ड किटिकल केयर विभागको टिमले बिरामीको उपचार शुरु गयो। बिरामीको रगत निकै बगिसकेकोले निजको अवस्था एकदमै नाजुक रहेको थियो। तर विरामीको अभिभावक कोहि पनि नभएकाले प्राथामिक उपचारका साथै अप्रेशनका लागि अति आवश्यक पर्ने जांच परिक्षण, रगतको व्यवस्था, औषधी एवम् अप्रेशनमा चाहिने सामाग्रीको व्यवस्था गर्न कठिनाई भएकोले अस्पताल प्रशासनसँग समन्वय गरि अप्रेशन मिति २०८१ भाद्र २१ गते गरियो ।
अप्रेशनको कममा पेटमा जमेको रगत निकाली कुहिएको आन्द्रा काटी बांकी आन्द्रा जोडियो। अप्रेशनमा करिव ४ घण्टाको समय लागेको थियो। शल्यक्रिया पश्चात् विरामलाई आइसियु मा भर्ना गरियो र निजलाई दश दिन सम्म भेन्टिलेटरमा राखि चौधौं दिनमा सर्जरी वार्डमा सारियो। त्यहाँबाट अप्रेशनको साह्रौं दिनमा विरामीलाई सफलता पुर्वक डिस्चार्ज समेत गरियो ।
बिरामीको परिवारको आर्थिक अवस्था अत्यन्तै कमजोर रहेको हुँदा उपचार खर्च छुटको सुविधा मिलाइ दिन प्रतिष्ठानका अस्पताल निर्देशक डा. जगत नारायण प्रसादज्यूले सिफारिश गरे अनुसार प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीज्यूले विरामीको उपचारको सम्पूर्ण खर्चको छुट सुविधा मिलाइदिनु भएको थियो ।
स-धन्यवाद
डा. अभिजीत कुमार
सह-प्रवक्ता
Discussion about this post