सुनसरी । बिशेष सूचनाको आधारमा हरिनगर गाउँपालिका वडा नं. ७ बस्ने हजरुल खातुनको घरमा तलासी लिदा नक्कली नेपाली नोट र लागु औषध बरामद गरेको छ ।
असोज २२ गते जिल्ला प्रहरी कार्यालय सुनसरी, इलाका प्रहरी कार्यालय देवानगंज र प्रहरी चौकी घुस्कीहाट सुनसरीबाट संयुक्त रुपमा खटि गएको प्रहरी अधिकृतको टोलीले खातुनको घरमा तलासी लिदा उक्त नक्कली नोट र लागू औषध बरामद गरेको कुरा जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको हो ।
हरिनगर गाउँपालिका वडा नं. ७ बस्ने हजरुल खातुनको घरमा तलासि लिदाँ उत्तरतर्फको सुत्ने कोठा भित्र खाट माथि रहेको डसना मुनि रु. १०००(एक हजार) को ५० (पचास) थान नेपाली नक्कली नोट रु.५०,०००(पचास हजार) नेपाली रुपैँया नक्कली नोट मरामद गरेको जानकारी दिएको छ ।
त्यसैगरी लागू औषध नाइट्रोजन ट्याब्लेट-१० (दश) पतामा १०० (सय) ट्याब्लेट र Realme Android Version को मोबाईल थान-१ (एक) समेत फेला पारीएको छ । प्रहरीले हजरुल खातुन समेतलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय,सुनसरीमा ल्याई थप अनुसन्धान गर्ने कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरी जनाएको छ ।
Discussion about this post