आफ्नो घाँटी रेटि आत्महत्या

सुनसरी । झापा जिल्ला, कन्काई नगरपालिका वडा नं.८ घर भई हाल जिल्ला सुनसरी ईटहरी उप-महानगरपालिका वडा नं.५ मा बस्दै आएका निलु रायमाझीले घाँटी रेटि आत्महत्या गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुन्सरीले जानकारी दिए अनुसार असोज २२ गते सांझ करिब ६ बजेतिर आत्महत्याको प्रयास गरेको जनाएको छ । सन्तोष रायमाझिको श्रीमती वर्ष ३९ की निलु रायमाझिले श्रीमान औषधी लिन भनि मेडिकल गएको मौका छोपी चक्कुले आफ्नो घाटीँ आफैँ रेटी घाईते भएको भेटिएको जनाएको छ । घाइते निलुलाई श्रीमानले एम्बुलेन्समा तत्काल बिराट टिचिङ अस्पताल बिराटनगर लगिएको तर डाक्टरले चेकजाँच गर्दा मृत्यु भएको अस्पताललाई उदृत गर्दै प्रहरीले जानकारी दिइएको छ । घटनाको सूचना पाउन साथ तत्काल घटनास्थल इलाका प्रहरी कार्यालय ईटहरीबाट प्रहरी अधिकृतको टोली खटी गई थप अनुसन्धान कार्य भईरहेको जनाएको छ ।

पुर्ण कुमार प्रधानको घरमा डेरा गरी बस्दै आएका निलु रायमाझि बिगत ८/९ महिना अगाडी देखी प्यारलाईस भएको र हाल औषधी सेवन गर्दै आएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित