धरान । धरानमा १५ वर्षअघि स्थापना भएको बिजयपुर एफएमले १६ औ वार्षिक उत्सव मनाईरहेको छ । वार्षिक उत्सवसंगै भोइस अफ धरानको ग्राण्ड फिनालेमा दशजनाको अन्तिम फिनाले समेत हुने भएको छ ।
फिनालेबारे आइतबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । बिजयपुर एफएमका कार्यकारी निर्देशक हिमाल राईले आर्थिक मन्दिले थलिएको बर्तमान अवस्थामा पनि विजयपुर एफ एमले यस्तो कार्य गर्न हिम्मत कसेको जानकारी दिए । भदौ ५ देखि शुरु गरिएको भोइस ओफ धरानमा ४५ जना सहभागीबाट १० जना छनोट गरिएको बताए । छनोट भएका दस जना सहभागी फाइनालिस्टहरु छिरिङ्ग तमाङ्ग, एकराज राई, अनिश राई, टिकाराम राई, निर्दोष रोक्का, आरति मौतम, निरज राई, सुमन परीयार, गौरव गुरुङ्ग, सुमन राई रहेका छन । फाइनलिस्ट सबैले आफ्नै गीत रचना संगीत र स्वरमा गाउने भएको कुरा पत्रकार सम्मेलनमा जानकारी दिए । भोइस अफ धरानको मुख्य पहिचान नै यहि रहने सम्मेलनमा बताए ।
धरानको संगीत ईतिहासको गौरवताई भैया पुस्तामा उजागर गर्दै नयाँ प्रतिभाको खोजि गर्नु, नेपाली संगीत क्षेत्रको चौतर्फी विकासमा टेवा पुर्याउनु संगीत सिर्जनामा नयाँ प्रतिभाहरुलाई प्रोत्साहन गर्न र संगीत क्षेत्रमा नयाँ अवसरको खोजि गर्नु नै मुख्य उदेश्य रहेको जानकारी दिए ।
भदौ ५ को अडिसनमा छनोट भएका प्रतिस्प्रधीहरुले विभिन्न चरण पारगर्दै फाईनल चरणमा प्रवेश गरेका छन। फाईनल चराणको कार्यक्रम २०८९ असोज २३ गते बुधबार, विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान भित्रको अडिटोरियम हलमा दिउँसो ४ बजे देखि हुने पनि जानकारी दिए ।
बिजेताहरुले समग्रमा दुईदेखी तीन लाख बढिको प्याकेजमा म्युजिक भिडियो गीत रेकर्डिङ लगायतको अवसर पाउने जानकारी दिए । तर ङदमा भने प्रथम हुनेले २५ हजार नगद प्राप्त गर्ने बताए । त्यसैगरी फस्ट रनर अप,सेकेन्ड रनर अपले १५ हजार दस हजार नगद पाउने बताए ।
पूर्वको सुन्दर नगरी धरानमा रहेर १६ वर्ष देखि निरन्तर संचालन हुदै आएको विजयपुर मिडिया ग्रुप प्रा. ली. द्वारा संचालित विजयपुर एफ.एम. ९८.८ मेगाहर्ज १००० वाट प्रसारण क्षमतामा प्रसारण भइरहेको छ।
समाजका सबै खाले बिसयमा आम नागरिकहरुलाई सुसुचित गर्दै १६ बर्ष सम्म आइपुग्दा धरानको सर्वाङ्गिर्ण विकाशको क्षेत्रलाई उक्तिके स्थानमा राखी विशेष गरी धरानको संगीत क्षेत्रलाई योगदान स्वरूप १६ औं बार्षिक उत्सवको अवसरमा भ्वाईस अफ घरान -२०८१ सिजन १ओपन सिङ्गिङ्ग कम्पिटिसन धरान डेन्टल भोईस अफ धरान इन एसोसियसन विध ब्रिटिभि नेपाल नामक आयोजना गरिएको जानकारी दिए ।
Discussion about this post