सुनसरी उद्योग वाणिज्य संघ सुरक्षा सम्बन्धी अन्तर्क्रिया,धरानका मेयर उप मेयर अनुपस्थित, मेयरलाई महाराज भनिए

धरान । सुनसरी उद्योग वाणिज्य संघले चाडपर्वको समयमा हुनसक्ने संभावित सुरक्षा सम्बन्धी तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।

संघको कार्यालय धरानमा सुरक्षा निकायका प्रमुखहरु राजनीतिक दल जनप्रतिनिधि सहितको भेलामा सोमबार गरिएका थिए । कार्यक्रमको पहिलो चरणमा सहभागीबाट कुरा राख्न लगाएपछि शुरु भएको थियो ।

सहभागीले केहि दिन अघि अविरल वर्षामा फसेका पीडितलाई तत्काल उद्दार गर्न नसकेको अवस्थामा चाडपर्वमा हुने सुरक्षालाई कस्तो तरिकाले अघि बढ्छ भनेका थिए । त्यसैगरी धरानमा डाईस खेलाईरहेको जसमा प्रहरीको हात हो की भन्दै जनगुनासो गरे । जुन कुरा सानो भएपनि यसले घर परिवारमा हैरानी गराउने भन्दै त्यसलाई नियन्त्रण गर्न आग्रह गरेका थिए ।

बजार अनुगमन उप मेयरको संयोजकत्वमा हुनेमा उप मेयर नै नभएको अवस्थामा यसको औचित्यमा प्रश्न गरेका थिए । बजारमा किनबेच गर्दा बिल माग्दा नदिने,जुवातासको विषयमा,बिपी क्याम्प अगाडिको पसलमा मूल्य बढी लिने गरेको बिल समेत नदिने गरेको गुनासो राखेका थिए ।
राजनीतिक दलको तर्फबाट राप्रपा नरेश शाक्य जसापा नेपालका ताजुप लिम्बूले शुभकामना दीिएका थिए । उनले धरान फरक अवस्थामा रहेको भन्दै सामाजिक सदभाब खलबल्याउनेसम्मको भए पनि त्यसलाई समाधान गरिएको बताए ।एमालेका हर्कजंग एभेङले मेयर हर्क साम्पाङ्लाङलाई महाराजा भन्दै महाराजाले मेला लगाउने कुरा गरिबक्सेको भन्दै चाडपर्वमा युवाहरु हौसिने गरेको भन्दै यस्लाईरोक्नुपर्ने बताए । उनले मेला लगाउँदा सर्वसाधारनले सस्तो सुलभ रुपमा किनमेल गर्ने खालको मेला हुनुपर्ने बताए ।

कांग्रेसका श्याम पोखरेलले शान्ति सुरक्षा सधैं चाहिने भन्दै धरान चाडपर्व मात्र नभएर लागू औषधले पनि अशान्त रहेको बताए । सिमानाबाट धरानसम्म आइपुग्दा प्रहरीले नियन्त्रण गर्न नसकेको बताए । व्यावसायिले तलमाथि गर्दा सुनसरी उद्योग संघ पनि अछुतो रहन नसक्ने बताए । अव सरकार भएको अनुभूति पाउन सकोस भन्दै शुभकामना दिए ।

प्रदेश १ प्रहरी प्रमुख एसएसपी भीम दाहालले चाडपर्व गतिविधि बढ्दै चुनौती पनि बढ्ने बताए । प्रदेश १ मा दश हजार बढी जनशक्ति रहेको भन्दै बिदा रोकेर चाडपर्वमा थप सुरक्षित बनाउने बताए । डाईस लगायत तास जुवाको गुनासो आएको भन्दै इलाका प्रहरीलाई नियन्त्रण गर्न निर्देशन दिए । प्रहरीको मात्र नभई सुरक्षाको लागि सामूहिक रुपमा मात्र सम्भव हुने भन्दै सूचना दिनुपर्ने बताए ।
जोगमुनिमा युवाहरु दैनिक पाँच छ सयको सङ्ख्यामा जाने गरेको बताए । जसका लागि टास्क फोर्स तयारी गरेको भन्दै काँकडभिट्टा, पशुपतिनगर लगायत सिमानामा तयारी रहेको बताए ।

प्रजिअ रामचन्द्र तिवारीले सुरक्षा जटिल विषय रहेको बताए । सुनसरी जिल्ला प्रशासनमा आएको खबरको विषयमा जिम्मेवार निभाएको बताए । तासजुवाको विषयमा तत्काल कारवाही गर्न प्रहरीलाई निर्देशन दिए । सुरक्षा सम्बन्धी थप कुरा छलफल गर्ने बताए । कालो बजारी नियन्त्रण गर्नका लागि प्रशानले सहयोग गर्ने भन्दै संघीयताको अभ्यासमा स्वयं स्थानीय सरकार लाग्ने भएको बताए ।

प्रदेश १ सांसद रमेश बस्नेतले मितव्ययी अपनाएर चाडपर्व मान्नुपर्ने बताए । चाडपर्वलाई लैगिक महिला मैत्री बनाउनुपर्ने बताए । आम्दानी भन्दा चाडपर्वमा बढी खर्च भइरहेको आफ्नै चाडपर्व भन्दा अरूको मनाईदिदा आफ्नोपन हराउने थप खर्च बढ्ने मिश्रीत तरिकाको हुने बताए ।

कार्यक्रम धरान उपमहानगरपालिकामा भए पनि धरानका नगर प्रमुख हर्क साम्पाङ् र उप प्रमुख आइन्द्रा बेघा अनुपस्थित थिए ।

सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठले सुलभ सुपथ मूल्यमा विक्री वितरण, अखाद्य रहित सामान उपभोक्ताले उपभोग गर्न पाओस् । मूल्य सूची समेत राखेर विक्री वितरण गर्न आग्रह गरे । कार्यक्रम महासचिव महेन्द्र प्रधानले सञ्चालन गरेका थिए ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित