धरान । अविरल वर्षासँगै सप्तकोशीमा पानीको सतह बढेर खतराको सङ्केत भएपछि बन्द गरिएको आवतजावत आजदेखि सूचारु गरिएको छ ।
सुनसरी जिल्ला प्रशासन कार्यालयले आईतबार सूचना जारी गर्दै बन्द गरिएको आवत जावत खुल्ला गरिएको जनाएको छ ।
सूचनामा – ” विगत ३ (तीन) दिन देखि परिरहेको अविरल वर्षाका कारण जिल्लास्थित कोशी ब्यारेजमा पानीको सतह अत्याधिक भई खतराको संकेत समेत पार गरेको अवस्थामा सर्वसाधारणको सुरक्षाकोलागि मिति २०८१।०६।१२ गते दिनको ४.०० बजेदेखी कोशी ब्यारेजको पुलबाट मानिस तथा सवारीसाधनहरुको आवतजावत बन्द गरिएकोमा हाल पानीको बहाब कम भएकोले आज मिति २०८१।०६।१३ गते दिनको ५.०० बजेदेखी कोशी ब्यारेजमा आवागमन सूचारु गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ उल्लेख छ ।
Discussion about this post