देशभर वर्षाले वितन्डा मच्चाउँदै, काठमाडौँ उपत्यका जलमग्न

धरान । निरन्तर परेको वर्षाले देशभर जलमग्न बनाएको छ । विशेषगरी काठमाडौं उपत्यका जलमग्न बनाएको छ । उपत्यका भित्र काठमाडौं ललितपुरमा धेरै पानी जमेको छ । हजारौंको घरमा पानी पसेको छ । सडकमा समेत खोला कुदेपछि पुरै जलमग्न भएको छ । पहाडी भेग मात्र नभई तराईमा समेत वर्षा भएपछि देशभर नै जलमग्न भएको छ ।

विद्युत गृहमा पानी भरिएपछि निकास दिदा तल्लो भेगमा थापा क्षति भएको छ । सप्तकोशीमा ठूलो बाढी आएपछि ५६ वटा ढोका खोलिएको छ । रोशी खोला तामाकोशीमा बाढी आएपछि बिपी राजमार्गमा क्षति भएको छ । यातायात अवरुद्ध भएको छ । पहाडी जिल्ला ओखढुङ्गामा जाने बाटोमा बाढी आएपछि सवारी साधन अवरुद्ध भएको छ बस गाडी फसेको छ ।

यतिबेला बाढीको भिडियो सामाजिक सञ्जालमा भारला भइरहेको छ ।

केही दिन अघिमात्र राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यावस्थापन प्राधिकरणले सूचना जारी गर्दै सबैलाई सतर्क हुन भनिएका थिए ।तस्बिरहरु : सामाजिक संजाल 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित