धरान । प्रदेश १ का मुख्यमंत्री हिक्मत कार्की यही असोज १३ गते पान्थरमा जाने कार्यक्रम गरेको भन्दै जसले पुन जनता मुठभेट गराउन खोजिएको आरोप लगाएको छ ।
प्रदेश १ पुन नामाङ्कन संयुक्त सङ्घर्ष समितिले असोज १० गते प्रेस विज्ञप्ति जारी गर्दै असोज १३ गते पान्थरमा आउने सूचना पाएको दाबी समितिले गरेको छ । विज्ञप्तिमा -“२०८१ असोज १३ गते गोत्रीय नामका नाइके हिक्मत कार्की पुनः जनतालाई मुठभेडमा प्रवेश गराउने उद्देश्यले पान्थर जिल्लामा प्रवेश गर्ने तयारीमा रहेको सूचना प्राप्त भएकोले ८२ सांसदका नाइके कार्कीलाई निमन्त्रणा गर्नुहुने पक्षलाई पनि कार्कीको सहभागिता रद्द गर्न अनुरोध गर्दछौँ, उल्लेख ।” विज्ञप्तिमा आयोजकलाई समेत हिक्मत कार्कीलाई निमन्त्रणा नगर्न चेतावनी दिएको छ ।
विज्ञप्तिमा – “आगामी २०८१ मङ्सिर २ गते विराटनगरमा विशाल जनप्रदर्शनबाट थालनी हुने दोस्रो चरणको आन्दोलनको तयारीका साथै आन्दोलनको १४ जिल्ला अभियान जारी रहेको वर्तमान अवस्थामा गोत्रीय नाम ‘कोशी’मा हस्ताक्षर गर्ने ८२ प्रदेश सांसद प्लस ३ जना विरुद्ध प्रतिरोध, साइन बोर्ड, लेटर प्याड, छाप लगायतमा ‘कोशी’ नाम हटाउने आदि आन्दोलनका प्रतिरोधका कार्यक्रमहरू जारी छन् भनिएको छ ।”
प्रदेश १ मा पटकपटक सत्ता परिवर्तनपछि आन्दोलन वार्तामा पुगेको थियो । तर तत्कालिन कोशी नाम राख्ने हिक्मत कार्की नै मुख्यमंत्री भएपछि वार्ताले निरन्तरता पाएको छैन । त्यही वार्ताका कारण आन्दोलन सुस्त भएको थियो । सङ्घर्ष समितिले भने वार्ता सुस्त नभएको दाबी गर्दै आगामी मङ्सिर २ गतेदेखि पुनः आन्दोलन गर्ने सबै तयारी गरिसकेको जनाएको छ । बर्खा तथा खेतीपातीको समय शुरुवातसँगै हिक्मत कार्की मुख्यमंत्री भएपछि यतिबेला खुलेआम रुपमा जताततै कार्यक्रममा सहभागी भइरहेको छ । तत्कालीन अवस्थामा हिक्मत कार्की उसका मन्त्री सबैलाई कालो झण्डा देखाउने ढुङ्गामुढा गर्ने लखेट्ने गरेका थिए ।
अघिल्लो फागुन १७ गते हिक्मत कार्की नेतृत्वले कोशी नाम राखेपछि प्रदेश पूर्ण रुपमा अशान्त भएका थिए । आन्दोलनका क्रममा लाजेहाङको मृत्यु भएका थियो । कैयौं सुरक्षाकर्मी समेत घाइते भएका छन भने धेरै सङ्ख्यामा आन्दोलनकारी घाइते भएका छन ।
Discussion about this post