काठमाण्डौ । संघीय लोकतन्त्रिक राष्ट्रीय मंचद्वारा आगामी २०८४ को चुनावमा प्रवासमा रहेकालाई पनि मतदान गर्ने व्यावस्था माग निर्वाचन आयोग समक्ष गरेको छ ।
मंचले निर्वाचन आयोगलाई ज्ञापनपत्र बुझाउनी क्रममा यस्तो माग गरिएको कुरा मञ्चका अध्यक्ष कुमार लिङ्देन मिराकाले जनाएको छ । ज्ञापन पत्रमा हाल १४१ वटा राष्ट्रले प्रवासमा रहेको आफ्ना नागरिकहरुलाई प्रवासबाटै मतदान गर्ने संवैधानिक व्यवस्था गरेको भन्दै नेपाल सरकार यस्ता व्यवस्थाको लागि संकुचित रहेको आरोप छ । सत्ताको कालो पर्दाहरु च्यातिनैपर्छ भन्दै समानुपातिक निर्वाचन प्रणालीको लागि यस्तो व्यावस्था गर्न आयोगलाई ज्ञापनपत्र बुझाएको छ ।
मंचले २०६८ जेष्ठ १३ गते सलोरा मंच र निर्वाचन आयोग बीच प्रवासबाट भोटिंङको ब्यबस्था बारे भएको सम्झौता समेत तुरुन्त कार्यन्वयन गर्न ध्यानाकर्षन गरिएको छ । वर्तमान एमाले कांग्रेस गठबंधन सरकारले समानुपाति निर्वाचन प्रणालि खारेज गर्ने बहस गरेको भन्दै त्यसलाई बहसमा नल्याउन भनिएको छ । समानुपातिक चुनाब प्रणाली ,लोकसेवा आयोगमा ४५ % सामानुपातिक ब्यबस्था र प्रवासबाट पचासौ लाख नेपालीहरुले भोटिंङ गर्ने ब्यबस्था एक आपसमा अभिन्न गरि जोडिएको भन्दै समानुपातिक खारेजको बहस गठबन्धन सरकारले तत्काल रोक्नुपर्ने उल्लेख छ । ज्ञापन पत्रमा मिश्रित चुनाब प्रणालीलाइ बिकसित गरि राज्यको हरेक क्षेत्रमा पूर्ण समानुपातिक प्रणाली लागु गर्ने कानुनहरु बनाइनु पर्ने माग गरेको छ ।
नेपालबाट वैदेशिक रोजगारी तथा अध्ययनका देश छाडेर लाखको संख्यामा गएका छन । तर उनीहरूले चाहेर पनि मताधिकारबाट वंचित हुनुपरेको छ ।
निर्वाचन आयोगमा ७ बुँदे ज्ञापनपत्रसङ्गै प्रधानमन्त्रीलाई बुझाएको १० बुँदे विरोधपत्र समेत संलग्न गरि बुझाएको जनाएको छ ।
Discussion about this post