धरान । होप धरानले धरानमा रहेका दुईजना बिरामीको लागि उपचार सहयोग ३०/३० हजार रुपैयाँ हस्तान्तरण गरिएको छ ।
धरान उपमहानगरपालिकाका मेयर हर्क सम्पाङको कार्यकक्षमा मेयर मार्फत बिरामीका आफन्तलाई हस्तान्तरण गरिएको हो । धरान १६ निवासी दिनेश थापा मगर जसको ज्ञाङ्रिन भएर बिरामी रहेको अवस्थामा उनको उपचारको लागि भनेर ३० हजार रुपैयाँ उपलब्ध गरिएका थिए । त्यसैगरी धरान उपमहानगरपालिकामा चालक रहेका सुक्रान्त लिम्बुको श्रीमती सरिता लिम्बू किड्नी फेल भै हाल डायलासिस गराईरहेका बिरामीलाई ३० हजार गरी ६० हजार रुपैयाँ हस्तान्तरण गरिएका थिए । होप धरानले बिरामी अवस्थालाई उपचार सहयोग भन्दै आफ्नै संस्थाका सदस्यहरु तथा अन्य महानुभावहरुबाट सङ्कलन गरिएको कुरा होप धरानका अध्यक्ष निश्चल पालिखेले जानकारी दिए ।
सोही क्रममा मिस्टर नेपालमा धरानको प्रतिनिधि गर्दै फस्ट रनर अप हुन सफल भएका आदेश प्रधानलाई सम्मान गरिएको थियो ।
होप धरानको कार्यलाई प्रसंशा गर्दै मेयर साम्पाङले अन्य संघसंस्थाले पनि यस्तै कार्य गर्न सकिने बताए । संस्था खडा गर्न सजिलो भए पनि बिरामीलाई आर्थिक सहयोग गर्ने काम सजिलो नभएको मेयर साङपाङले बताए । आर्थिक सहयोग गारिएका बिरामीलाई कार्यपालिकाबाट पनि सहयोग गरेको जानकारी दिए ।
मिस्टर नेपालमा सहभागी भएका प्रधानलाई हौसला दिँदै यसैगरि धरानको नाम राख्न भने । आफ्नो कार्यकक्षमा यसरी विजेताले ल्याएको त्रफिहरु देखाउँदै हेर्दा भाडा पसल जस्तै भए पनि त्यो धरानमा रहेकाले विभिन्न विधामा विजेताले ल्याएको ट्रफी रहेको बताए । आफ्नो कार्यकक्षमा सिसै सिसाको ट्रफी राख्ने बनाऊ भनेको भन्दै बाटोघाटो बनाउनुपर्ने भएकोले फेरि गीत आउने होकी भने ।
आर्थिक सहयोग हस्तान्तरण कार्यक्रममा होप धरानका सबै सदस्यहरूको उपस्थीती रहेका थिए । होप धरानले आफ्नो स्थापना कलादेखि यस्ता मानवीय सहयोग कार्य गरिँदै आएको छ ।
Discussion about this post