काठमाडौं। संघीय लोकतन्त्रिक गणतन्त्र आएपछिको संविधानलाई असन्तुष्ट मान्दै असोज ३ कालो दिन भनेर विरोध गरिँदै आएको दलहरु मध्ये राष्ट्रिय जनमुक्ति पार्टीले नेकपा माओवादीका अध्यक्षसंग भेट्घाट गरेको छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचन्ड र राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष केपी पालुङ्वा बीच विहिवार भेट भएको कुरा जनमुक्ति नेता विष्णु थांदेनले जनाएको छ । माओवादी केन्द्रको पार्टी कार्यालयमा दुवै शीर्ष नेता बीच भेट भई वर्तमान संविधान बारे छलफल भएको कुरा थामदेनले जनाएको छ ।
भेटघाटमा संविधान पुनर्लेखन गर्ने बारे जनमुक्तिको तर्फबाट प्रचण्ड समक्ष राखिएका थिए । त्यसैगरी प्रदेश न.१ को नाम कोशी खारेज गरेर (किराँत लिम्बुवान खम्बुवान प्रदेश) नामाङ्कन गर्ने विषयमा पनि छाला भएको थियो । केही महिनादेखि तिब्र रुपमा झडपको अवस्थामा पुगेको मुक्कुम्लुङ अतिक्रमण रोक्ने विषयमा पनि प्रचण्ड बीच छलफल भएका थिए ।
संविधान अधूरो अपुरो रहेको भन्दै शुरुवाती चरणदेखि नै आन्दोलन गर्दै आएका आदिवासी,दलित, पिछडएका वर्ग,महिला, मजदुर लगायतको ठूलो हिस्सालाई विरोध गरिरहेका छन । तर त्यसतर्फ भने ठूला दलले ध्यान दिएको छैन । पछिल्लो राजनीतिक घटना क्रमसँगै माओवादी नेतृत्वको सरकार ढलेसङ्गै एमाले काँग्रेसले संविधान संशोधनको कुरा उठाएको छ ।
मूलभूत समूहको माग संशोधन हुनेमा आशंका गर्दै थप समानुपातिक समावेशी तथा समानुपातिक निर्वाचन प्रणालि नै हटाउने त्रास छाएको छ ।
शासकीय स्वरुप प्रत्यक्ष निर्वाचित कार्यकारी,निर्वाचन प्रणालि पूर्ण समानुपातिक,पहिचान सहितको संघीयता १०+१,धर्म निरपेक्ष लगायतका कुरा अवको संविधान संशोधन हुनुपर्छ भन्ने माग र आवाज उठिरहेको छ । राष्ट्रिय जनमुक्ति पार्टीले शुरु चरणदेखि नै वर्तमान संविधान पुनर्लेखन हुनुपर्छ भनेर आवाज उठाईरहेको छ । संविधान सभामा १२ प्रदेशको खाका जहाँ दलित शिल्पी गैर भौगोलिक समेतलाई समेटेर प्रस्ताव गरेका थिए ।
Discussion about this post