नक्कली डाक्टर सहित १७ जना बिचौलिया पक्राउ

इटहरी। यातायात व्यवस्था कार्यालय इटहरीबाट नक्कली डाक्टर सहित १७ जना बिचौलियालाई पक्राउ गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय सुनसरीले प्रेस विज्ञप्ति जारी गर्दै यातायात व्यावस्था कार्यालय सवारी चालक अनुमतिपत्र लिने स्थानबाट बुधबार पक्राउ गरिएको जनाएको छ । यातायात व्यवस्था कार्यालय, इटहरी (सवारी) तथा यातायात व्यवस्था कार्यालय, इटहरी (सवारी चालक अनुमती पत्र) मा सेवाग्राहीलाई विचौलियाहरुले दुःख दिने तथा अनियमित कार्यहरु गर्ने, गराउने गरेको भन्ने गुनासोका आधारमा असोज ९ गते सुनसरीका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा ती कार्यालयहरुको स्थलगत अनुगमन गरिएको जनाएको छ ।

यही क्रममा नक्कली डाक्टर (आफूलाई डाक्टर भनि चिनाउने) व्यक्ति सहित १७ जना विचौलियालाई नियन्त्रणमा लिएको विज्ञप्तिमा उल्लेख छ । पक्राउ गरिएका सबैलाई आवश्यक कानूनी कारवाहीको प्रकृयामा लगिएको पनि विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित