सङ्खुवासभा । चीन सिमासंग जोडिएको सङ्खुवासभा जिल्लाको शिङ्सा क्षेत्र भोटखोला गाउँपालिकामा रहेको अरुणोदय माध्यामिक विद्यालयले ३६ औं वार्षिक उत्सव भव्य रुपमा मनाएको छ ।
यही भदौ २७ गतेदेखि विविध खेलकुद तथा अतिरिक्तक्रियाकलाप सञ्चालन गर्दै ३१ गते मुल समारोह कार्यक्रम सम्पन्न भएको कुरा विद्यालयका प्रध्यानाध्यापक छिरिङ तेम्बा लामाले जानकारी दिए । वार्षिक उत्सवको अवसरमा गत वर्षदेखि दुई जना विद्यार्थीलाई प्रदान गरिँदै आएको छितेन भुटीक पोङस्यूवा मेमोरीयल ट्रष्टबाट कक्षा १२ मा अध्ययनरत प्राविधिकतर्फ ल्हाक्पा क्षेजीक र साधारण तर्फ कक्षा १२ का पासाङ किप्पा भोटेलाई रु ५/५ हजार र प्रसंशा पत्र प्रदान गरिएको थियो । गत साल कक्षा १२ का वनस्पति बाली बिज्ञानतर्फका अनिता थिकेपा र विज्ञानतर्फका रमेश श्रेष्ठले प्राप्त गरेका थिए ।
सोही अवसरमा अतिथिहरुबाट गोलोव अक्षय कोषबाट साधारणधार तर्फ कक्षा ९ निमाटासी भोटे र कक्षा ८ का एलिसा भोटेलाई जनही ७५००/- रुपैया प्रदान गरिएको थियो । हिमाली आवाशिय छात्राबास बापतको छात्रवृत्तिबाट कक्षा १२ का लाक्पा छेजीक थिकेपा, कक्षा १० का मेन्जी डेमा नुप्पा,नेसुम भोटे,निसा नुप्पा,साङमु विकेपा,ल्हामु च्यावा,लाक्पा भुटिक डोम्ब, कक्षा ९ बाट सोना चिप्पा नुप्पा,याङडेन शेर्पा,एलिना भोटे,यान्डेन भोटे, कक्षा ८ बाट ज्यामु च्यावा,मिक्मा भुटिक भोटे,घाङजे ल्हामु भोटे,आङमु ढोमा सहित १५ जनाले जनही ४० हजार रुपैयाँ छात्रावृत्ति पाएका छन ।
अपाङ्ग छात्रवृत्ति दटिक भोटेले तीन हजार प्राप्त गरे स्व. ङाङमु भोटे अक्षयकोष छात्रवृत्तिबाट कक्षा ७ बाट अनु ल्होमी,डोमा च्यावा कक्षा ८ का पिम्बा नुर्पु भोटे, कक्षा ९ का सागर नुप्पा कक्षा १० बाट फुर्पु बाड्दा भोटे,छिरिङ पासाङ भोटे,नाङसा थीकेपा,केसाङ नुप्पा,लाक्चुङ सेच्यालाई प्रदान गरिएको छ । स्व. पुछाङा स्मृति अक्षयकोष ( उत्कृष्ट शिक्षक) – दिनेश वाग्लेलाई दिएको थियो । प्राविधिक धारमा अध्ययनरत विद्यार्थिलाई दिइने प्रोत्साहन छात्रवृत्ति कक्षा १२ का मिकमा भुटिक भोटे र लासुम भोटेले जनही तीन हजार प्राप्त गरेका थिए ।
विद्यालयको तर्फबाट अनुशासन छात्र नुर्पु भोटे कक्षा १० छात्रा एलिशा भोटे कक्षा ८, सरसफाइ मावि तर्फ छात्र- सागर नुप्पा ( कक्षा ९)छात्रा- नाङ्सा गुम्बा ( कक्षा १० आधारभूत तर्फ छात्र- पेम्बा नुर्पु ( कक्षा ८) छात्रा- अणु ल्होमी( कक्षा ७), नियमित विद्यालय
आ.वि. तर्फ छात्र- तेम्बा छिरिङ्ग ( कक्षा ८) छात्रा- डोमा भोटे ( कक्षा ७)मा. वि. तर्फ छात्रा- पासाङ भुटिक ( कक्षा १०) ,छात्र- दावा भोटे ( कक्षा १०) प्रदान गरिएका थिए ।
Discussion about this post