स्वर्णिम फोम्बो
इटहरी । किरात याक्थुङ चुम्लुङ इटहरी उपमहानगर समितिको २९ औँ अधिवेशन भाद्र २९ सम्पन्न भएको छ ।
इटहरी कियाचु भवनमा भएको उक्त अधिवेशनले नयाँ कार्यसमितिको अध्यक्ष, उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमश: रामकुमार नेम्बाङ, राजेन्द्र सावा, अशोक सुब्बा, अइन्द्र विक्रम कुरुम्बाङ र रेणुका राई लिम्बु चयन गरिएको थियो ।
त्यसैगरी सदस्यहरुमा सागरहाङ लिम्बु, टिकाराम लिम्बु, पूजा लावती, बिनोद आङबुहाङ, किशोरमान सम्बाहाङ्फे, शर्मिला मादेन लिम्बु, धनुकलाल नाल्बो, विक्रम येक्तेन, टाइसन लिम्बु, अजय लिम्बु, चन्द्रबहादुर सावा, लक्ष्मण खवाहाङ, सुजन तिलिङ चोङबाङ, चन्द्रमाया लिम्बु र राजकुमारी आङ्बुहाङ सर्वसम्मतिले निर्वाचित भएका छन् । कियाचुको बिधान अनुसार कार्यसमितिमा २५ सदस्य हुने भएकोले बाकी ४ सदस्य समितिको पहिलो बैठकले मनोनीत गर्नेछ ।
अधिवेशनलाई सफल बनाउनका लागि कियाचु जिल्ला कार्यसमिति सुनसरीका अध्यक्ष मोहनकुमार हुक्पा चोङ्बाङ, उपाध्यक्ष स्वर्णिमहाङ फोम्बो, कोषाध्यक्ष पूर्णिमा तिगेला, जिल्ला सदस्य किरण थेबे, जिल्ला सल्लाहकार खेम येङदेन र विधान परामर्शको लागि केन्द्रीय सदस्य कर्णविक्रम तुम्बाहाङ्फे रहेको निर्वाचन समितिमा स्वर्णिमहाङ फोम्बो सदस्य सचिब रहनुभएको थियो।
निर्वाचित समितिका सदस्यहरुलाई निर्वाचन मण्डलका अध्यक्ष मोहन कुमार हुक्पा चङबाङले प्रमाणपत्र र सपथ ग्रहण गराउनु भएको थियो ।
सो अवसरमा धन्यवाद तथा शुभकामना दिनुहुँदै अध्यक्ष लिम्बुले आगामी दिनमा चुम्लुङको विकास र उन्नतिप्रगतिको लागि सबै सदस्यहरूले आआफ्नो जिम्मेवारी अनुसार काम कर्तव्य निर्वाह गर्नुपर्ने बताउँदै लिम्बुवान आन्दोलनमा पनि सबै एकजुट भएर लाग्नुपर्ने बताउनु भयो ।
नवनिर्वाचित अध्यक्ष रामकुमार नेम्बाङले कियाचुको उन्नति र प्रगतिको लागि निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गर्दै हाल यो भवन निर्माण भइरहेको हुनाले राज्यको लगानी र दाताहरुको सहयोगबाट नै भवन निर्माण गरिसक्ने बताउँनु भयो ।
Discussion about this post