धरान । सञ्जीवनी केन्द्र धरानको आयोजनामा हुन लागेको “तेस्रो आमन्त्रीत अन्तर्राष्ट्रिय सञ्जीवनी फुटसल प्रतियोगिता २०८१ को संपूर्ण तयारी अन्तिम चरणमा पुगिसकेको छ ।
प्रतियोगिता बारे मंगलबार धरानमा पत्रकार सम्मेलन गरेर तयारी बारे जानकारी दिएको हो । यही २०८१ असोज ३ देखि ५ गतेसम्म हुन लागेको प्रतियोगिताको तयारी करिव ९० प्रतिशत पुरा भएको कुरा अध्यक्ष सम्पूर्ण ताम्राकारले जानकारी दिएको छ । प्रतियोगिताको महत्वपूर्ण कुरा सहभागि टिमको प्रतिनिधिहरुको उपस्थितिमा सोमवार साझ प्रतियोगिताको खेल तालिका तयार गरिसकेको जानकारी दिए । तालिका पारदर्शिताकोलागि खेल तालिका तयारीको लाइभ भिडियो समेत गरेको बताए ।प्रतियोगितामा ओपन रिकभरिङ टिम. भेट्रान टिम र महिला टिमको अलगअलग प्रतिस्पर्धा गराइनेछ ।
प्रतियोगितामा सवै विधाका गरि २४ टिमले सहभागिता जनाउने भएको छ । ओपन रिकभरिङ्गतर्फ १४ टिम. भेट्रान रिकभरिङ्गतर्फ ७ टिम र महिला रिकभरिङ्गतर्फ ३ टिमले सहभागिता जनाउने भएको जानकारी दिए । भेट्रान टिममा भने ४० वर्ष पुगेका २ जना र बाँकी खेलाडी ४० वर्ष माथिकाले सहभागिता जनाउने भएको बताए ।
प्रतियोगितामा नेपाल भित्रबाट धरान, वेलवारी, विराटनगर, मोरङ्ग, चितवन, काठमाडौबाट सहभागी हुनेछ । त्यसैगरी छिमेकी देश भारतको सिलगुढी. सिक्किम, डार्जिलिङ्गबाट सहभागी आउने जानकारी दिए । यस अघि भुटानबाट पनि सहभागी हुने भए पनि कागजी प्रक्रियाको कारण सहभागी हुन नसकेको जानकारी दिए ।
प्रतियोगिताको उद्घाटन खेल भारतको रिकभरिङ्ग नर्थ सिक्किम र रिकभरिङ्ग वेलवारीबीच हुनेछ । प्रतियोगिताको उद्घाटन कार्यक्रममा प्रमूख अतिथिको रुपमा प्रदेश १ खेलकुद विकास वोर्डका सदस्यसचिव कृष्ण वस्नेत पर्शुराम रहनेछ ।
प्रतियोगिताको ओपन रिकभरिडतर्फ प्रथम पुरस्कार नगद दुई लाख, दोस्रो पुरस्कार नगद १ लाख, ट्रफि, मेडल र प्रमाण पत्र रहनेछ । भेट्रानतर्फ प्रथम पुरस्कार नगद ५० हजार, दोस्रो ३० हजार र तेस्रो २० हजार, ट्रफि, मेडल र प्रमाणपत्र हुनेछ । महिलातर्फ प्रथम पुरस्कार नगद २० हजार र दोस्रो पुरस्कार नगद १० हजार, ट्रफि, मेडल र प्रमाणपत्र हुनेछ । प्रतियोगिताको व्यक्तिगत पुरस्कारतर्फ उत्कृष्ट खेलाडी र गोलकिपरले जनहि नगद ५ हजार, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ । यसैगगरि ओपन रिकभरिङ प्रतियोगितातर्फ सेमिफाइनल देखि म्यान अफ द म्याच पुरस्कार प्रदान गरिने छ । म्यान अफ द म्याचले नगद पुरस्कार, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताको सम्पूर्ण खेल धरान १६ अन्नपुर्ण चौक स्थित वि फुटसलमा हुनेछ ।
खेल तालिका:
Discussion about this post