फूलबारी एकता समाजद्वारा रक्तदान कार्यक्रम १०२ पिन्ट रगत सङ्कलन

धरान । फूलबारी एकता समाज धरान ५ द्वारा दोस्रोपटक रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।

धरान उपमहानगरपालिकाका उप मेयर आइनद्र बेघाको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । प्रमुख अतिथी बेघाले फुलबारी एकता समाजको यस्तो सामाजिक कार्यले अन्य वडा र समाजलाई उदाहरणीय बनेको बताए । रगत अभावका कारण कोही मर्न नपरोस भनी सुरुवात गरिएको रक्तदान कार्यक्रमको दोस्रो पटक पनि आउन पाउदा आफुलाई खुशी लागेको बताए । उप मेयर बेघा पहिलो कार्यक्रममा पनि सहभागी भएको स्मरण गरे । यो मानवीय पुण्य काम रक्तदान कार्यक्रम दोस्रो तेस्रो हुँदै निरन्तर चलोस भनी शुभकामना दिए । उनले समाजमा एकताबन्द भएर यस्तो सामाजिक कार्य गर्ने समाजले नगरले र आफुले पनि आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाए ।

कार्यक्रममा १०२ पिन्ट रगत सङ्कलन भएको कुरा समाजका सदस्य भावना राईले जानकारी दिए । समाजले यस अघि पनि रक्तदान कार्यक्रम गरेका थिए । उक्त वर्ष १०१ पिन्ट रगत सङ्कलन भएका थिए । कार्यक्रममा करिब तीन सय जनाले परीक्षण गरिएका थिए । तर १०२ जनाले मात्र दिन योग्य भएको हो ।

कार्यक्रमका बिशेष अतिथी इलाका प्रहरी कार्यालय धरानका डिएसपी प्रकाश जबेगुले आफु धरानका सम्पूर्ण नागरिक समाज र संघ संस्थासंग हातेमालो गरेर जाने बताए । डीएसपि जबेगूले यहाँको शान्ती सुरक्षा कायम गर्न सदैव तयार रहेको बताए । वडा नम्बर ५ सहितको सुरक्षाको लागी सहित सामाजिक कार्यहरुमा पनि यसरीनै एक भएर अगाडी बढ्ने प्रतिवद्धता जनाए ।

रक्तदान कार्यक्रममा सहभागी सबैलाई फुलबारी एकता समाजको अध्यक्ष याखाले धन्यवाद दिएका थिए । उनले आगामी दिन सामाज लागिरहने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित