किवानिजले ल्याबोरेटोरी स्कुलका विद्यार्थीलाई ब्याग र जुत्ता वितरण(भिडियो सहित)

नविन सेन्चुरी 

धरान । हालसालै दर्ता भएको किवानिज संस्थाले वाला दिवसको अवसरमा धरान ८ स्थित ल्याबोरेटरी विद्यालयका विद्यार्थीहरुलाई ब्याग र जुत्ता वितरण गरिएको छ ।

इलाका प्रहरी कार्यालय धरानका डिएस्पी प्रकाश जबेगूको प्रमुख आतिथ्यमा आईतबार सामग्री वितरण गरिएको हो । डिएसपी जाबेगुले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गरेका थिए । सो अवसरमा विद्यालयका ३५ जना विद्यार्थीलाई ब्याग वितरण गरिएका थिए । त्यसैगरी ४८ जना विद्यार्थीलाई जुत्ता वितरण गरिएका थिए । उक्त सामग्रीहरू सञ्जिता धमलाको सहजिकरणमा उपलब्ध भएको कुरा कीवानिजका सचिव निश्चल पलिखेले बताए ।
प्रमुख अतिथि डिएस्पी जवेगुले इलाका प्रहरी कार्यालय ट्राफिक कार्यक्रम, लागू औषध सचेतना कार्यक्रम लगायतमा विद्यालयसँग हातेमालो गरेर जाने आश्वासन दिए । धरानको अपराध लागू औषध लगायतका गतिविधिको लागि इलाकाको नम्बर जिल्लाको नम्बर तथा व्यक्तिगत नम्बरमा समेत जानकारी गराई अपराध न्यूनीकरण गर्न साथ सहयोग गर्न आग्रह गरे ।

कीवानिजले स्थापना कालदेखि नै निरन्तर विद्यालय क्षेत्रमा सहयोग गर्दै आईरहेको छ । स्थापना भएको पहिलो समयमा नै धरान वडा नम्बर २० उदय आधारभूत विद्यालयमा शौचालय पुनःनिर्मान तथा शैक्षीक सामग्री सहयोग गरेका थिए । त्यसपछि धरान १६ स्थित सुस्त मनस्थिति विद्यालयमा अध्ययनरत विद्यार्थीलाई खेलकुद तथा संगीताको सामग्रीहरू वितरण गरिसकेको छ । धरान ४ स्थित शिबजटा मन्दिर पुनःनिर्मान कार्य लगायत छोटो समयमा धेरै कामहरु गरिँदै आएको छ ।

स्थापना भएको ८ महिना १५ औं दिनमा ल्याबोरेटरी विद्यालयमा ब्याग तथा जुत्ता वितरण गरिएको कुरा किवानिजका अध्यक्ष महेश श्रेष्ठले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित