धरान । नेपाल आदिवासी जनजाति महासंघको युवा भातृ सङ्गठन आदिवासी जनजाति युवा महासंघ नगर समन्वय परिषद धरानको प्रथम अधिवेशन सम्पन्न भएको छ ।
शनिवार सम्पन्न भएको अधिवेशनमा अध्यक्षमा नेपाल तामाङ घेदुङको तर्फबाट प्रतापसिङ तामाङ निर्वाचित भएको कुरा युवा महासंघ सुनसरीका अध्यक्ष कर्ण सुनुवारले जानकारी दिए । सर्वसम्मत हुन नसकेपछि अन्त्यमा मतदान नै गर्नुपरेको अवस्थामा तामाङ निर्वाचित भएको बताए । तामाङसँग कौशिला चेम्जोङले प्रतिष्पर्धा गरेका थिए । अन्य पदाधिकारीमा उपाध्यक्ष सुनिता श्रेष्ठ,सचिव समृत मादेन,सह सचिव करिस्मा याक्खा,कोशाध्यक्ष बिक्रम सुनुवार,सदस्य प्रकृति आले मगर, सक्षम गुरुङ र पासाङ लमु शेर्पा रहेका छन ।
धरानमा सूचीकृत ५९ जाती मध्ये १३ जाती छन । अधिवेशनमा उपस्थिति रहेको सस्थाहरुमा तमु ह्युल छोज:धि,नेपाल शेर्पा सघ,नेवा देय:दबु, नेपाल मगर सघ,सुनुवार सेवा समाज, नेपाल तामाङ घेदुङ,किरात याक्खा छुम्मा,किरात राई यायोक्खा, किरात याकथुङ चुम्लुङ थिए । शिङ्सा कल्याण केन्द्र, भुजेल सेवा समाज ,नेपाल माझी उत्थान सघ ,नेपाल झागड उरावको प्रतिनिधि अनुपस्थिति रहे ।नव निर्वाचित अध्यक्ष तामाङबाट बाकी रहेको ५ वटा जातिय सस्थाहरुलाई पनि पहिलो बैठकबाट पारित गरि पत्र काटेर पदाधिकारी वा प्रतिनिधि माग्ने बताए । आदिवासीको हक अधिकार सुनिस्चितको निम्ति सदैव कटिबद्ध भएर लागि पर्ने प्रतिबद्धता सहित धन्यवाद दिएका थिए ।
आदिवासी जनजाति युवा महासंघ सुनसरीको आयोजनामा धरान नगर समन्वय समिती गठन भएको हो । अधिवेशन युवा महासंघ सुनसरीको अध्यक्ष कोइच कर्ण थियो । अधिवेशनमा प्रमुख अतिथि आदिवासी जनजाति महासघ नगर समन्वय परिषद धरानको अध्यक्ष शुवास चन्द्र हुक्पा चोङ्बाङ र बिशेष अतिथि आदिवासी जनजाति युवा महासङ् ,नेपालको संघीय सचीव महेस्वर हुक्पाचोङबाङ र टार्जन सुनुवार प्रदेश न १ को अध्यक्ष कमल राना मगर अतिथिहरु नगर समितिमा आवद्ध जातिय सस्थाहरुको अध्यक्ष तथा प्रतिनिधि थिए ।
Discussion about this post