मुक्कुमलुङ छोड् आन्दोलन जारी बन्द यातायात खुल्यो,अटेर गरी निर्माण कार्य गरे सशक्त आन्दोलनको चेतावनी

तापलिजोङ। भदौ २४ गतेदेखि यातायात बन्द सहितको मुक्कुमलुङ छोड् आन्दोलन जारी राख्दै यातायात खुलाएको छ ।

मुक्कुमलुङ छोड् आन्दोलनका छ घटक संस्थाले आज प्रेस विज्ञप्ति जारी गर्दै मुक्कुमलुङ संरक्षण, केबलकार खारेजी र अनिश्चितकालीन यातायात बन्दप्रति अवधारणा सार्वजनिक गरिएको छ । यस अघि केबुलकार निर्माण कम्पनी र आन्दोलरत पक्षबीच भएको सहमति उलङ्घन गरेको भन्दै मुकुमलुङ छोड्न अल्टिमेटम दिएका थिए । दिएको समयमा नछाडेको भन्दै २४ गतेदेखि ताप्लेजुङ यातायात बन्द सहित व्यापक आन्दोलन गरिँदै आएको छ ।

आन्दोलन चर्किएपछि केबुलकार कम्पनीले यस अवधिमा निर्माण कार्य अगाडि नबढाएको भन्दै मुकुमलुङ छोड् आन्दोलन निरन्तर गर्दै आजबाट यातायात खुलाएको कुरा मुक्कुम्लुङ तान्सेह चुम्भोका प्रतिनिधि सरस्वता सिङ्ङ्गकले जानकारी दिए । यातायात खुलेको भनेर जबर्जस्ती अटेर गरी केबलकार निर्माण कार्य अगाडि बढाएमा थप सशक्त आन्दोलनको कार्यक्रमसहित प्रतिरोध गर्ने चेतानी दिएको छ ।

पूर्ण पाठ :
मुक्कुमलुङ संरक्षण, केबलकार खारेजी र अनिश्चितकालीन यातायात बन्दप्रति अवधारणा

मुक्कुमलुङ युमामाङ देवस्थललाई पाथिभरा बनाइएको र मन्धुम विपरित केबलकार निर्माण गर्न खोजिएपछि विगत ६ वर्षदेखि नै हामी बान्दोलनरत रहेको सर्वविदितै छ । केबलकार निर्माण कम्पनीले मिति २०७७।०४।०९ गते केबलकार निर्माण सर्भे गर्न खोज्दा आन्दोलनरत पक्षले सामान खोसेर जिल्ला प्रशासन कार्यालय ताप्लेजुङमा बुझाएको र प्रशासनको रोहवरमा स्थलगत सर्भे रोक्ने सहमति भएको थियो । सम्झौतालाई उल्लंघन गरेर सरकारी र व्यापारिक समूहबाट जनपच र सशस्त्र प्रहरी लगाएर २०८१।०१।३१ गते मुक्कुमलुङ क्षेत्रमा वन फडानी भयो। आन्दोलनपछि जिल्ला प्रशासन कार्यालयको रोहवरमा २०८१।०२।०५ गते राजनीतिक दलहरूको सहमति नभई निर्माण कार्य नगर्ने भन्ने सम्झौता भएको थियो । पुनः सम्झौता उल्लंघन गर्दै दलबलसहित केबलकार निर्माणको लागि नापजाँच गर्नेलगायतको गतिविधि नरोकिएपछि बान्दोलनरत पक्षबाट २०८१।०५।१६ देखि केबलकार निर्माण लाइसेन्स खारेज गर्न र मुक्कुमलुङ छोड्न ७ दिने अल्टिमेटम दिएका थियौ । अल्टिमेटम बमोजिम नभएकाले २०८१।०५।२४ देखि ताप्लेजुङको फुङलिङ बजार-मुक्कुमलुङको तल्लो फेदीसम्म अनिश्चितकालीन यातायात बन्द गरिएकोमा अब उप्रान्त मुक्कुमलुङ संरक्षण, केबलकार खारेजी र अनिश्चितकालीन यातायात बन्दबारे निम्न अवधारणा सार्वजनिक गर्दछौं ।

१. मुक्कुमलुङ मुन्धुमी आस्थाको स्थल हो । मुन्धुमबमोजिम संरक्षण तथा विकास हुनुपर्दछ भन्ने बडानमा स्वदेश तथा विदेशमा रहेका मुन्धुमवादीहरू दृढ छौ। यातायात बन्द गर्नुपर्ने मुख्य कारकतत्व मुक्कुमलुङ अतिक्रमण गर्ने पाथिभरा र त्यसमाथि केबलकार निर्माण कम्पनी हुन्। परिणाम तः जबर्जस्ती जातीय सद्भाव, सहिष्णुता खलबल्याउने काम गरेको छ । त्यसकारण समस्याको कारकतत्वमाथि निरुत्साहीत गर्दै न्यायको पक्षमा सचेत भएर भूमिका निर्वाह गर्न राज्यपक्ष, गैरराज्यपक्ष, व्यापारिक समूह, बुद्धिजिवि, समाजसेवी, पत्रकारहरूलगायत सम्बन्धित सबैलाई बाग्रह गर्दछौ ।

२. मुक्कुमलुङको दैविक शक्तिलाई समाप्त गर्ने गरी केबलकार निर्माण गर्नु हुदैन । जसको लागि केबलकार निर्माण कम्पनी अविलम्ब खारेज गर्नुपर्दछ । खारेज नगरेसम्म मुक्कुमलुङ संरक्षणको लागि गरिएका संघर्षका सम्पूर्ण बान्दोलनका कार्यक्रमहरू निरन्तर रहनेछ । केबलकार निर्माणको कुनै पनि गतिविधिलाई अगाडि नबढाएको हदसम्म घोषित अनिश्चितकालीन यातायात बन्दको कार्यक्रम २०८१।०५।२८ गते साँझ ५:०० बजेदेखि स्थगन गरिएको छ। अब उप्रान्त जबर्जस्ती/अटेर गरी केबलकार निर्माण कार्य अगाडि बढाएमा थप सशक्त आन्दोलनको कार्यक्रमसहित प्रतिरोध गर्ने जानकारी गराउँदछौ ।

प्रतिनिधिमूलक संस्थाहरू

१. श्री श्री प्रसाद लिम्बु, संयोजक मुस्कुमलुङ संरक्षण संयुक्त सङ्घर्ष समिति ।

२. श्री खगेन्द्र फेम्बु, संयोजक, पाथीभरा केबलकार खारेजी संयुक्त सङ्घर्ष समिति

३. श्री प्रेम येक्तेन, अध्यक्ष, किरात याक्थुङ चुम्लुङ, सङ्घीय समिति तथा

४. श्री प्रेम येक्तेन, संयोजक, प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त संघर्ष समिति

५. श्री नन्द कन्दङवा, संयोजक, लिम्बु चरगत संस्था (याक्युङ सयङ) सहजीकरण समूह

६. श्री रामभक्त कुरुम्बाङ, महासचिव, प्रदेश नं.१ पुनः नामाङ्कन अभियान समिति

७. श्री सरस्वता सिङ्ङ्गक (सरु), प्रतिनिधि, मुक्कुम्लुङ तान्सेहः प् चुम्भो

मिति : २०८१ भदौ २८ गते

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित