सहयात्री वचत तथा ऋण सहकारीको १६ औं वार्षिक साधारसभा,११ लाख ७१ हजार खुद नाफा

धरान । सहयात्री वचत तथा ऋण सहकारी संस्थाको १६ औं वार्षिक साधारसभा शुक्रबार सुनसरी उद्योग वाणिज्य संघको सभा हलमा सम्पन्न भएको छ ।

प्रदेश १ प्रदेश सांसद बिजय राईको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । साधारणसभामा संस्थाका अध्यक्ष काजी गिरीले वार्षिक प्रतिवेदन पेश गरेका थिए । प्रतिवेदन अनुसार संस्थाले खुद नाफा ११ लाख ७१ हजार २२६ रुपैंय रहेको उल्लेख छ । प्रतिवेदन अनुसार कुल सञ्चालन मुनाफा १३ लाख ७७ हजार ९१३ रुपैया रहेको छ । जसमा १५ प्रतिशत आयकर २ लाख ६ हजार ६८६ कटा भएको हो ।
संस्थाले कुल आम्दानी एक करोड २६ लाख ५७ हजार ५११ रहेको छ । २०८०/८१ को कर्जा लगानीबाट ब्याज आम्दानी एक करोड २० लाख ४६ हजार ४९४ रुपैया भएको छ । बैंक ब्याज आम्दानी ५ लाख २० हजार ६३० रुपैया रहेको छ । अन्य आम्दानीबाट ९० हजार ३८६ रुपैया रहेको छ ।

त्यसैगरी खर्चतर्फ २०८०/८१ एक करोड १२ लाख ७९ हजार ५९८ रुपैयाँ देखाएको छ । वचत ब्याज खर्च तर्फ ८९ लाख ९८ हजार ८५१ रुपैयाँ छ ।सञ्चालन खर्च तर्फ ८ लाख ३९ हजार ९९८ रुपैया छ । कर्मचारी खर्च १२ लाख १२ हजार ९७० रुपैया छ । ह्रास कटी खर्च ८९ हजार ३७९ रुपैया छ । मर्मत सम्भार ३ हजार २ सय देखाएको छ । कर्जा नोक्सानी व्यावस्था खर्च १ लाख ३५ हजार २ सय रहेको छ । संस्थाले आगामी वर्षमा ३४ लाख ३४ हजार ३८४ रुपैया गर्ने लक्ष्य लिएको छ ।

२०८०/८१ मा एक करोड ८५ लाख शेयर पुँजी लक्ष्य लिएकोमा एक करोड ७७ लाख ५६ हजार ४ सय भएको छ । आगामी २०८१/८२ मा २ करोड शेयर पूंजी पुराउने लक्ष्य संस्थाले लिएको छ ।

साधारण सभामा ज्येष्ठ शेयर धनीलाई सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित