धरान । भोजपुर जिल्लाका स्थानिय वासिन्दाहरु सुनसरी जिल्लाका विभिन्न पालिकामा बसोबास गर्दै आएकाहरुको साझा संस्था भोजपुर सुनसरी सेवा समाजको भवन उद्घाटन गरिएको छ ।
आफ्नो जिल्ला छाडेर सुनसरीका विभिन्न स्थानमा बसोबास गर्ने पनि यो संस्था स्थापना भएपछि एकता एक परिवार जस्तै भएको छ । यही क्रममा धरान उप महानगरपालिका वडा नम्बर १५ गणतन्त्र बस्तीमा आफ्नो कार्यालय स्थापना गरिएको छ । धरान उपमहानगरपालिका कार्यपालिकाले नै निर्णय गरी करिब दुई कठा जग्गा उपलब्ध भएको कुरा समाजका अध्यक्ष रेवतीरमण राईले जानकारी दिए । सोही जग्गामा हाल अस्थाई रुपमा करिब दुई लाखमा बनेको भवन आज उद्घाटन गरिएको छ ।
धरान उपमहानगरपालिका वडा नम्बर १५ का वडा अध्यक्ष नरेश इवारमको प्रमुख आतिथ्यमा शुक्रवार उद्घाटन भएको छ । साथै आसपासमा बिरुवा पनि रोपिएको छ । समाजका अध्यक्ष राईले अव समाजको सबै काम यही कार्यालयबाट हुने जानकारी दिए । समाजले हाल अस्थाई रुपमा बनेको भवन आगामी दिनमा पक्की निर्माण गरिने बताए । वडा अध्यक्ष नरेश इवारमले दुई लाख रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिए ।
समाज स्थापना भएपछि प्राकृतिक प्रकोप विपत्ति परेकालाई सहयोग तथा स्वास्थ्य सेवा लगायतका गतिविधि गरिँदै आएको छ । हाल समाजमा करिब एक हजार बढी सङ्ख्यमा सदस्यहरू रहेको कुरा अध्यक्ष रेवतीरमण राईले जानकारी दिए ।
Discussion about this post