मूकुम्लुङ छोड् आन्दोलन पेचिलो बन्दै,तापलिजोङ अनिश्चित बन्द विभिन्न संघसंस्थाबाट ऐक्यबद्धता

धरान । ताप्लिजोङमा केबुलकार निर्माण सहमति उलंघन गरेको भन्दै मूकुमलुङ छोड् अल्टिमेटम सकेपछि ताप्लीजोङ अनिश्चितकालिन बन्द गरेको छ ।
मुकुम्लुङ् बचाओ संघर्ष समिति सहितको विभिन्न संघसंस्थाले भदौ २४ गतेसम्म मुकुमलुङ् छोड्ने अल्टिमेटम दिएका थिए । दिएको अल्टिमेटम भित्र नछाडे बन्द समेत गराउने चेतावनी दिएपछि समय सीमा सकिँदा पूर्व घोषित बन्द गरिएको कुरा पहिचानवादी मोर्चाका जेन्टल लावतीले जानकारी दिए ।

मुकुमलुङमा विकासको नाममा केबुलकार बनाउने भन्दै त्यहाको राष्ट्रिय फूल लाली गुराँस कटानी गरेको,आस्थाको केन्द्रमा धावा बोलेर विनास गर्न लागेको भूमाफियाको चलखेल भएको भन्दै त्यसको लगातार विरोध गर्दै आएको छ ।

तापलीजोङ बन्दसंगै संघीय सरकारका गृहमन्त्री रमेश लेखकलाई पनि आज ध्यानाकर्षणपत्र बुझाएको छ । ध्यानाकर्षणपत्रमा मुक्कुमलुङ याक्थुङ/लिम्बू समुदायको मुन्धुमी, सांस्कृतिक, आध्यात्मिक पवित्र स्थल रहेको भन्दै उक्त समुदायसँग जोडिएको संस्कृति र सांस्कृतिक सभ्यता तथा सम्पदा भएको उल्लेख छ । “मुक्कुमलुङ” लाई संस्कृतकरण र हिन्दुकरण गरेर कथित “पाथीभरा” बनाएको दाबी छ । यसको विरुद्धमा मुन्धुमवादीहरुले आफ्‌नौ सांस्कृतिक क्षेत्र र सांस्कृतिक सम्पदालाई संरक्षण र सम्बर्द्धन गर्न आन्दोलन गरेको पनि लामो समय भएको जनाएको छ । त्यसलाई कथित विकासको नाममा स्थानीय सरोकारवालाहरूको हित विपरीत दलाल पूँजीपति व्यापारीमार्फत व्यापारीकरण गर्न “केवलकार निर्माण गर्ने” कार्यलाई सरकारले साथ र सहयोग गर्दै आएको आरोप लगाएको छ ।

राज्यले पवित्र मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङलाई अतिक्रमण गरेको त्यस कदमको विरुद्ध आन्दोलन गर्दा सरोकारवाला समुदाय अर्थात आन्दोलनकारीहरूको विरुद्धमा सशस्त्र वेस क्याम्प खडा गरि निर्दोष आन्दोलनकारीहरूलाई पक्राउ गर्ने कार्य गरिरहेको जनाएको छ। राज्यको सिंगो सुरक्षा संयन्त्र एउटा नाफाखोर व्यापारीलाई साथ र सहयोग गरिरहेको आरोप छ ।

मुन्धुमी पवित्र आस्थाको केन्द्रको रुपमा मुक्कुमलुङ संरक्षित हुनुपर्दछ भन्दै यसको नाम फेरिनु हुन्न, यहाँ केवलकार बनाईनु हुन्न, कुनै पनि बहानामा उपनिवेश नथोपर्नको लागि राज्य, सबै तहका सरकार, गैरराज्यपक्ष सबै खाले कम्पनी, संघ/संस्थाहरूलाई गम्भीर ध्यानाकर्षण गराउँदछौं उल्लेख छ ।

मुकुमकुङ अतिक्रमण आन्दोलनलाई प्रदेश नं १ पुःननामाङ्कन संयुक्त संघर्ष समिति, सुनसरीले पनि ऐक्यबद्धता जनाएको छ । धरानमा यस विषयमा भदौ २४ गते बैठक बसी २५ गते पत्रकार सम्मेलन गरेर ऐक्यबद्धता जनाएको कुरा जेन्टल लावतीले जानकारी दिए । ऐक्यबद्धता स्वरुप धरानमा २६ गते दिउँसो ३ बजे विरोध सभाको आयोजना गरिएको बताए । त्यसपछि थप आन्दोलन कसरी जाने भन्ने कुरा समेत आगामी दिनमा छलफलपछि तय हुने बताए ।

मुकुम्लुँगमा एउटा निजी कम्पनीको साथ लिएर राज्यबाट नै अतिक्रमण र पहिचान आस्थामाथि धावा बोलेको भन्दै विभिन्न राजनीतिक दलले समेत आन्दोलनलाई ऐक्यबद्धता जनाएको छ । जस अनुसार राष्ट्रिय जनमुक्ति पार्टीले पनि प्रेस विज्ञप्ति जारी गरी आन्दोलनको ऐक्यबद्धता जनाएको छ । त्यसैगरी आन्दोलनलाई संघीय लिम्बुवान् पार्टीले पनि ऐक्यबद्धता जनाएको छ ।

चन्द्र ढकाल र उसका कम्पनीले केबुलकार बनाउने भएपछि विगत केही समयदेखि ताप्लिजोङ अशान्त छ । यस अघि वन फडानी गर्न सुरक्षा बेस क्याम्प समेत राख्ने भएपछि स्थानीयले रातको समयमा स्थापित हुन नदिई हटाएका थिए । जबरजस्ती लाली गुराँस फडानी गरेपछि आन्दोलनरतसंग सहमति गरेका थिए । तर त्यो सहमति भंग गर्दै पुन निर्माण कार्य अगाडि बढाउन लागेपछि मुकुम्लुङ्ग छोड् आन्दोलन शुरु गरेका हुन् । (फिचर तस्बिर: पेम्बा शेर्पा)

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित