अनलाईन मिडिया एसोसिएसनले डिएस्पी जबेगुलाई स्वागत ट्राफिक इन्चार्ज केसीलाई गरे विदाई

धरान । अनलाईन मिडिया एसोसिएसन नेपालका पदाधिकारी सहितले इलाका प्रहरी कार्यालय धरानमा आएका नयाँ डिएस्पी प्रकाश जाबेगुलाई भेट गरेको छ ।

धरानमा भरखरै सरुवा भएर आएका जबेगुलाई एसोसिएसनका अध्यक्ष सोर्निम फोमबोको नेतृत्वमा कार्यकक्षमा नै पुगेर स्वागत गरेका थिए । स्वागतको क्रममा सामाचार बेसमा रहेर पोर्टल न्युज तथा युटुब सञ्चालन गर्नेहरूको सङ्गठित संस्था अनलाईन मिडिया एसोसिएन नयाँ डीएसपिसंग कसरी सहकार्य गर्न सकिन्छ त्यही अनुसार अगाडी जाने कुरा राखेका थिए ।

डिएस्पी प्रकाश जबेगुले विविधता भएको धरान संवेदनशील रहेको धरान पछिल्लो समयमा देश विदेशमा चर्चामा रहेको बताए । काम गर्ने मौका मिलेको भन्दै ती कामको लागिपर्ने बताए । मिडिया तेस्रो आँखा भएको भन्दै सहकार्य गरेर जाने बताए । धरानको यथार्थ घटना समाचार जसले सामाजिक खलल पुराउने खालको भन्दा पनि एकता शान्तिका कुरा प्रशारण गर्न सुझाब दिए ।

त्यसैगरी जिल्ला ट्राफिक प्रहरी सुनसरीका इन्चार्ज सुबास केसीलाई पनि अनलाईन मिडिया एसोसिएसनले भेट गरेको छ । इन्चार्ज किसी विगत एक वर्षदेखि धरानमा कार्यरत थिए । उनी काठमाडौंमा सरुवा भएको छ । इन्चार्ज केसीलाई खादा लगाई टिमले विदाई गरेको हो । ट्राफिक इन्चार्ज केसीले आफू एक वर्ष रहँदा धरानमा एकतर्फी (वान वे)लाई कार्यान्वयनमा ल्यान भूमिका रहेको बताए । यस अघि सिटी सफारी अव्यवस्थीत रहेकोमा दर्ता लगायतको व्यावस्थापन गर्न सकेको बताए । हाल ट्राफिक प्रहरी कार्यालय अरूको घरमा रहेको भन्दै हाल कार्यालय बनाउने काम पनि अगाडि बढ्दै गएको बताए । संभव भए आगामी दिनमा धरानमा नै आउने प्रयास गर्ने बताए ।

डिएस्पी प्रकाश जबेगू र ट्राफिक इन्चार्ज सुबास केसी भेट्न अध्यक्ष सोर्नीम फोम्बो, उपाध्यक्ष निमा पोङस्युवा,सचिव अशोक विक, कोषाध्यक्ष उमा चाम्लिङ सदस्यहरू लाजेश राई,दिपेश याम्फु,चन्द्र बान्तावा,सुजन तितुङ,मोहन पिथा, राजा लिम्बू लगायतको उपस्थिति थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित