धरान । गायन प्रतिभालाई प्लेट फार्म उपलब्ध गराउने उद्देश्य अलङ्कार म्युजिक एकेडेमीले ईस्टर्न सिङगिङ सुपर स्टार सिजन-१ को आयोजना हुने भएको छ ।
एकेडेमीले आईतबार पत्रकार सम्मेलन गर्दै गायन प्रतियोगिताको आधारबाट आफ्नो प्रतिभा प्रष्फुटन गराउँदै नवोदित प्रतिभाहरुको गायन कलाको उचित मुल्याकन र सम्मान गर्दै उज्वल भविष्यको निर्माण अझ प्रेरणा प्रदान गर्ने उद्देश्य रहेको कुरा एकेडेमीका विनोद प्रियदर्शीले जानकारी दिए ।
पूर्व धरानको परिपेक्षमा प्रर्दशित र स्थापित संघ-संस्था, सङगीत विद्यालयहरुले आ- आफ्नो संस्थाबाट संगितिक क्षेत्रमा अथक योगदान पुऱ्याइरहेका जानकारी दिए । सम्भावना बोकेका नवोदित र उदयीमान गायक-गायिकाहरुको लागि हौसला प्रेरणा एवं आगामी दिनहरुमा ती उदयमान प्रतिभाहरुका साधना र प्रयत्नहरु अझ सशक्त बनाउने प्रतिबद्धताका साथ “अलंकार म्यूजिक एकेडेमी” केहि गर्न र गराउन अग्रसर भएको जानकारी दिए । फलस्वरुप पूर्वाञ्चल स्तरीय कार्यक्रम “इंस्टर्न सिङगिङ सुपर स्टार सिजन-१ को आयोजना गर्ने निधो गरिएको बताए । यस प्रतियोगिताले पूर्वमा भइरहेको संगीत साधना र सम्भावनाहरुमा एउटा थप उत्साह र जाँगर मुखरित गर्ने र नवोदित प्रतिभाहरुको साधना र परिश्रमको सहि मूल्याङ्कन गर्ने गराउने अवसर प्राप्त हुने भन्ने कुरामा अलकार म्युजिक एकेडेमी दृढ विश्वस्त जनाए ।
कार्यक्रममा निर्णायक मण्डलमा ३ जना नेपालका वरिष्ठ गायकहरुबाट चयन गरिने जनाएको छ । शम्भु राई, दिपक लिम्बु, मनिशा पोखेल रहने जानकारी दिए । अलंकार म्युजिक एकेडेमीले क्रमशः अनलाइन अडिसनबाट २ चरण तथा फिजिकिल अडिसनबाट ५ चरण गरि जम्मा ७ चरणमा छनोट गरि उत्कृष्ट ५ (top five) को Final हुनेछ । सात चरणमा प्रतियोगिहरुको छनौट गरी उत्कृष्ट ५ (top five) को Final प्रतिष्पर्धा पश्चात ३ जना प्रतियोगिहरु मध्ये पहिलो स्थान हासिल गर्नेलाई “ईस्टर्न सिंगिङ सुपर स्टार सिजन-१” भएको घोषण गरिनेछ। साथै दोस्रो तथा तेस्रो हुनेलाई पनि पुरस्कृत गरि कुरा एकेडेमीले जनाएको छ ।
प्रतियोगिामा निर्णायक मंडलद्वारा जोडिएको ६०% अंक र Voting बाट ४०% अंक जोडेर सबै भन्दा धेरै अंक प्राप्त गर्ने प्रतियागीलाई ‘ईस्टर्न सिंगिङ सुपर स्टार सिजन-१” घोषण गरिनेछ । प्रतियोगिता विजेता प्रथम पुरस्कारः नगद ३ लाख रुपैयाँ सहित एउटा गित रेकर्ड गरिदिने ट्रफी र प्रमाण पत्र प्राप्त गरिनेछ । दोस्रो विजेताले नगद एक लाख पचास हजार, एउटा गित रेकर्ड,ट्रफी र प्रमाण पत्र प्राप्त गरिनेछ । त्यसैगरी प्रतियोगिता तेस्रो पुरस्कारः नगद पचास हजार एउटा गित रेकर्ड, ट्रफी र प्रमाण पत्र प्राप्त गरिने कुरा आयोजकले जानाकारी दिए ।
Discussion about this post