दोस्रो केपी राई मेमोरियल अन्तर्राष्ट्रिय फुटसल प्रतीयोगीता हुने

धरान । स्वर्गिय केपी राई मेमोरियल अन्तर्राष्ट्रिय दोस्रो फुटसल प्रतियोगिता धरानमा हुने भएको छ ।

धरानमा पत्रकार सम्मेलन गरेर जानकारी दिँदै यही भदौ २७,२८ र २९ गते प्रतिष्पर्धा हुनेछ ।नेचर क्लवले आयोजना गर्न लागेको यस प्रतिष्पर्धा सिक्किम सहित १६ टिमले सहभागिता जनाउने कुरा आयोजकले जनाएको छ । प्रतियोगितामा आयोजक धरानबाट २ टीम, इटहरी, तरहरा, पोखरा, काठमाण्डौ, झापा, मोरङ्गबाट खेलाडी आउने बताए ।

प्रतियोगितामा विजेता टिमले नगद दुई लाख पुरस्कार प्राप्त गर्ने छ । दोस्रो विजेताले नगद १ लाख, ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ । प्रतियोगिताको व्यक्तिगत पुरस्कार तर्फ उत्कृष्ट खेलाडिले नगद १५ हजार, उत्कृष्ट गोलकिपर, हाइस्कोरर र उदयीमान खेलाडिले जनहि १० हजार रुपैया र उत्कृष्ट प्रशिक्षकले नगद ५ हजार, ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने जानकारी दिए । प्रतियोगिताको प्रत्येक खेलका म्यान अफ द म्याचले नगद १ हजार, ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने बताए ।

पहिलो संस्करणमा धरानका गार्डेन एफसिले उपाधि जितेका थिए । पहिलो संकरणमा विजेतालाई पुरस्कार राशि नगद ५० हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगिताको अनुमानित लागत पन्ध्र लाख रुपैया रहेको जनाएको छ ।

भोजपुर हतुवागढी ८ न. वडामा २००१ सालमा जन्मिएका पुर्व भारतिय गोर्खा सैनिक केपि राईको धरान १३ स्थित आफ्‌नै निवासमा २०७५ वैशाख १२ गते ७४ वर्षको उमेरमा निधन भएको थियो । केपि राई भारतिय भुपु गोर्खा सैनिक संघमा रहेर सामाजिक काममा सक्रिय थिए ।

केपी राई धरान १३ निवासी नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि रवि राईको बुवा हुन । उहाँकै स्मृतिमा दोस्रो प्रतिष्पर्धा आयोजना गरिएको आयोजकले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित