मिस्टर एण्ड मिस प्रोभिन्सको विजेता बने निवा प्रेमि लिम्बु , आकांक्षा शाक्य र प्रतिक राई

धरान । धरानमा आयोजित ड्रिम्स एम प्रोडक्सन द्वारा आयोजित प्रदेश नं १ स्तरीय मिस्टर र मिस प्रोभिन्स किड्स प्रतिष्पर्धाको दोश्रो सस्करणको सिनियर तर्फ निवाप्रेमि लिम्बु र जुनियर तर्फ आकाङ्क्षा शाक्य र प्रतिक राई विजेता भएका छन ।

धरान उप महानगरपालिकाका उप मेयर अाईन्द्र बेघाको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।कार्यक्रममा जुनियर तर्फ क्रमश रायोश्ना राई फ्रस्ट रनर अप पृन्सिना राई सेकेन्ड रनर अप र लेमि राई थर्ड रनर अप, मिस्टर प्रोभिन्स सुनसरी विजेता मिङ्सोहाङ लिम्बु र मिस्टर प्रोभिन्स धरान युङसो राई र सिनियर तर्फ मिस प्रोभिन्स सुनसरी ईप्सा रिमाल मिस प्रोभिन्स धरान अस्टिका विश्वकर्मा र मिस प्रोभिन्स फस्ट रनर अप अलिका लिम्वु बिजेता बनेका छन्।

जुनियर तर्फ अन्य सबटाईटल विजेता मिस बेस्ट वक चासुम राई , मोस्ट डिसिपिलिन लेमि राई , मोस्ट ट्यालेन्ट पृन्सिना राई , मोस्ट हार्डवर्किङ सान्मुल राई , मिस बब्लि सुप्रेङशा कटेल , मिस क्विक लर्नर जुविना राई , मोस्ट अविडियन्ट रायोश्ना राई , मिस फोटोजेनिक आकन्क्षा शाक्य , मोस्ट एक्टिभ वर्षा विस्वकर्मा , मल्टिमिडिया चोईस रायोश्ना राई , मिस राईजिङ स्टार मेघा राजवन्शि , मिस राईजिङ आईडल जुविना राई , पब्लिक चोईस विजेता आकान्क्षा शाक्य , मिस्टर ट्यालेन्ट प्रतिक राई , मिस्टर क्विक लर्नर मिङसोहाङ लिम्बु , मोस्ट डिसिपिलिन युङ्सो राई , मल्टिमिडिया चोईस प्रतिक राई, पब्लिक चोईस विजेता प्रतिक राई , बिजेता बनेका छन्।

सिनियर तर्फ मोस्ट अविडियन्ट निवा प्रेमि लिम्बु , मिस ट्यालेन्ट अलिका लिम्बु, मोस्ट कन्फिडेन्ट अस्टिका बिस्वकर्मा , मिस फोटोजेनिक ईप्सा रिमाल , मस्ट डिसिप्लिन अलिका लिम्बु मल्टिमिडिया चोईस निवा प्रेमि लिम्बु , पब्लिक चोईस विजेता निवा प्रेमि लिम्बु विजेता बनेका छन ।

कार्यक्रममा निर्णायकहरु सञ्चारकर्मी तथा मोडल कला सुब्बा , प्रध्यापक गगन मान श्रेष्ठ , मिस प्रोभिन्स आईडल विजेता माङ्सेमि लिम्बु , मिस्टर नेपाल फाईनलिस्ट प्रकाश चौहान हुनुहुन्थ्यो ।

जुनियर तर्फ ६ वर्ष देखि ११ वर्ष सम्मको र सिनियर तर्फ १२ देखि १५ वर्ष उमेर समुह को बालबालिकाको सहभागि रहेको कार्यक्रममा बालबालिकालाई नेतृत्व विकाश , बोल्ने कला , साथै अन्य विभिन्न चरणको तालिम प्रदान गरिएको ड्रिम्सका सिईओ कैलाश मोत्तानले जानकारी दिनुभयो ।
कार्यक्रमको कोरियोग्राफि मिस स्टेट विजेता स्वेता भुजेलले दिनु भएको थियो , प्रतियोगिको ड्रेस भावना जबेगुले तयार गर्नु भएको थियो , मेकअप मिसाम मेकअप स्टुडियोले गर्नु भएको थियो ।

बालबालिका को मनोविज्ञान वृद्धि सँगै बालबालिका मा रहेका प्रतिभा लाइ प्रस्फुटन गर्न पाउने यस कार्यक्रममा विभिन्न रचनात्मक सृजनात्मक क्रियाकलाप सम्बन्धी एक महिना सम्मको तालिमले विभिन्न प्रकारका व्यक्तित्व विकासका लागि गरिने क्रियाकलापले गर्दा एक महिना अवधि सम्म कार्यक्रम समय लाग्ने जानकारी कार्यक्रम सयोजक मेरिना तुम्साले गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित