धरान । धरान उपमहानगरपालिका वडा नम्बर १३ मा खोला नियन्त्रण गर्न प्रदेश १ सरकारबाट प्राप्त बजेटबाट निर्मित तारजाली ग्याविंग काटेको आरोपमा पक्राउ भएका चारजना धरौटीमा रिहाई भएको छ ।
२७ दिन अगाडि पक्राउ भएका स्थानीय स्थानीय भारती राई, उनका भाई नाता पर्ने वडा ४ भर्लेनीका राजकुमार राई र श्रीमति दिलकुमारी राई आज रिहाई भएको हो । मेयर हर्क साम्पाङको निर्देशनमा तारजाली काट्न अगुवाई गरेको आरोपमा पक्राऊ भएका धरान उपमहानगर प्रहरी सई सुरेश मगराती पनि आज मंगलबार नै रिहाई भएको छ । सई मगराइतिलाई भारती राई सहितको पक्राउ भएको केही दिनपछि प्रहरीले नियन्त्रणमा लिइ जिल्ला प्रहरी कार्यालय इनरुवा लगिएका थिए । आज रिहाई भएपछि भारती राई सहित तीनजनालाई मेयर हर्क साम्पाङको निवास नजिकको ग्रीन टीमा स्वागत गरेका थिए ।
स्वतन्त्र नागरिक समाजको अगुवाईमा भारती सहित उनका भाई बुहारीलाई खादा अबिर लगाएर स्वागत गरिएका थिए । रीहाईपछि भारती राईले चारैजनालाई जनही २५ हजार रुपैयाँ धरौटीमा रिहाई भएको बताए । नगर प्रहरी सई सुरेश मगराती पनि रिहाई भएको भन्दै सई सुरेश भने सिधै घर फर्केको जानकारी दिए । नगर प्रहरी सई सुरेश मगरातीको श्रीमती उक्त समयमा १८ दिने सुत्केरी रहेको पनि खुल्न आएको थियो ।
भारती राईले आफूहरुलाई रातको समयमा साधा पोशाकमा आएर बिना पक्राउपुर्जी नियन्त्रनमा लिएको बताए । राजकुमार राई र दिलकुमारीले पक्राउ पुर्जी माग गर्दा मोबाईलमा देखाएको भन्दै बिहान ८ बजे आउँछु भन्दा पनि नमानी लागेको बताए । घरमा बाढी पसेको भन्दै बोलाएपछि नगर प्रहरीले तारजाली काटेपछि ढुङ्गा हटाउन राजकुमार राई सघाएको बताए । तर उनको श्रीमति अस्वस्थ भएकोले त्यस काममा संलग्न नभए पनि नियन्त्रण लिएको भन्दै नेपालको कानुन यस्तै त रहेछ भनेर गुनासो गरे । उनले पारु राईको नमामा पक्राउ पुर्जी रहेको भनेपछि आफ्नो नाम दिलकुमारी भएको भनिए पनि रातको समयमा नियन्त्रणमा लिएको गुनासो गरे ।
प्रदेश सरकारको बजेटले व्यक्तिको जग्गा संरक्षण गरेको भन्दै जसका कारण सर्व साधारनको घरमा बाढी पसेर क्षति पुराउने का।ए भएको भन्दै मेयर हर्क साम्पाङले नगर प्रहरी विष्णु कोइरालाको नेतृत्वमा तारजाली हटाउन खटाएका थिए । वडा अध्यक्ष नेत्र काफ्ले सहितको स्थानीयले अवरोध गरेपछि मेयर साम्पाङ्ग सहित डोजर फिर्ता गरेका थिए । असारमा भएको भिषण वर्षाले नयाँ लगाएको ज्ञाविँङको कारण स्थानीयको घरमा बाढी पसेको भन्दै वडा अध्यक्षलाई सूचना गर्दा तिम्रो मेएरकोमा जान भन्ने जवाफ दिएको भन्दै आक्रोशित रुपमा कार्यपालिका बैठक समाप्तिपछि वडा अध्यक्ष नेत्र काफलमाथि जार्इलागेका थिए । लगत्तै मेयरले निवेदन माग गरेपछि भोलिपल्ट नगर प्रहरी खटाई तारजाली काटी ज्ञाबिङ हटाएको थियो ।
मेयर साम्पाँगाले एसएस्पी भीम दाहालको जग्गा संरक्षण गर्न राज्यको बजेट लगानी गर्नुका साथै सो काम गर्न उपमहानगरलाई जानकारी नदिएको जिकिर गरेको छ । सो कुराको जानकारी वडा सचिवलाई समेत नभएको भन्दै मेयरले दुईजना प्राविधिकलाई समेत वडाबाट पालिकामा तानिएका थिए । स्थानिय युवालाई नियन्त्रमा लिएका थिए । यता वडा अध्यक्ष नेत्र काफ्लेले सबै जानकारी दिएको भन्दै सिंचाई विभागबाट समेत पत्र आएको जिकिर गरेको छ ।
वडा अध्यक्ष र मेयरको टकरावका कारण एकातिर बजेटबाट भएको काम क्षति भएको छ भने नगर प्रहरी सहित १३ नम्बर स्थानीय अशान्त र मनमुटाव बढेको छ ।
Discussion about this post