धरान । धरान उपमहानगरपालिका वडा नम्बर २० स्थित चिन्डे डाँडामा बन्न लागेको सुम्निमा पारूहँगको प्रतिमा निर्माण सहयोगार्थ दोस्रो साङ्गीतिक साँझको टिकट काउण्टर घण्टा घरमा खुलेको छ ।
मंगलबार एक कार्यक्रमका बीच धरानका मेयर हर्क साम्पाङले आजबाट टिकट काट्नेगरी सबैको सहजताको लागि भन्दै खुल्ला गरिएको छ । पहिलो साङ्गीतिक साँझको सफलतापछि दोस्रो साङ्गीतिक साँझ गरेर प्रतिमा निर्माण सहयोगार्थ कार्यक्रम गर्न लागेको कुरा मेयर साम्पाङले बताए । उनले यस अघिको सांगीतीक साझमा राई इज किङ लगायतको प्रस्तुतिबाट ठूलो सहयोग मिलेको जानकारी दिए ।
यसपटकको सांगीतीक साँझमा पूर्ण राई दाजुभाइ, आरोहिज समुह,सविन राई फारोह,विष्णु चेम्जोङ,रेखा फागो लगायतको कलाकारहरुको उपस्थिति रहने जानकारी दिएको छ । साङ्गीतिक कार्यक्रमको लागि साधारण तर्फ पाँच सय रुपैया प्रवेश शुल्क राखिएको छ । त्यसैगरी फ्यानपित एक हजार तोकिएको छ । प्रीमियम दुई हजार भीआइपी तीन हजार र डनेशन भनेर पाँच हजार पाँच सय रुपैयाको टिकट घण्टा घर काउन्टरमा राखिएको छ ।
दोस्रो साङ्गीतिक साँझ आगामी असोज १५ गते मंगलबार धरानमा हुने सबै तयारी भएको जानकारी दिएको छ । कार्यक्रममा सहभागी जनाउनको लागि डिजिटल वालेतबाट पनि टिकट लिने व्यावस्था गरेको छ । जसका लागि खल्तीसङ्ग सहकार्य गरेको छ ।
Discussion about this post