ताप्लिजोङ । याक्थुङ समुदायको आस्थाको केन्द्रबिन्दु मुकुम्लुङमा विकासको नाममा केबुलकार बनाउने हुटहुटी देखाएपछि यस अघि भएको सहमति उलंघन गरेको भन्दै ‘मुक्कुम्लुङ छोड’ आन्दोलनको घोषणा गरेको छ ।
मुकुम्लुङ बचाओ आन्दोलनमा लागेका छ घटक संघसंस्थाले प्रेस विज्ञप्ति जारी गर्दै मुन्धुमी पवित्र आस्थाको स्थल मुक्कुम्लुङमा केबलकार निर्माण गर्ने व्यापारिक कम्पनीलाई केवलकार निर्माणको कार्यालय बन्द गर्न चेतावनी दिएको छ । मुक्कुम्लुङ क्षेत्रभित्र केवलकार निर्माणको कुनै पनि गतिविधि नगर्न भन्दै मिति २०८१ भदौ १६ गतेदेखि भदौ २३ गतेसम्ममा मुक्कुम्लुङ छोड्न अल्टिमेटम दिएको कुरा विज्ञप्तिमा जनाएको छ ।
मुक्कुम्लुङ अतिक्रमण हुन नदिन र केबलकार निर्माणका गतिविधिहरूका सम्बन्धमा यही २०८१/२/५ गते जिल्ला प्रशासन कार्यालय ताप्लेजुङको रोहवरमा आन्दोलनरत पक्ष र जिल्लास्थित राजनीतिक दलहरुको परामर्श र छलफलबाट सहमति नभई निर्माण कार्य नगर्ने, नगराउने भन्ने सम्झौतालाई उल्लङ्घन गरेर सरकारी र व्यापारिक समूहवाट बलमिच्याइ गरेर जनपथ प्रहरी र सशस्त्र प्रहरी लगाएर न्यायका लागि लड्नेहरूलाई जवरजस्ती पक्डेर हिरासतमा राखी पवित्र आस्थाको स्थलमा केबलकार बनाउन दलबलसहित गएको हुँदा सरकारले केबलकार निर्माण लाइसेन्स खारेज नगरेसम्म ‘मुक्कुम्लुङ छोड’ आन्दोलन घोषणा गरिएको जनाएको छ ।
जारी विज्ञप्तिमा केवलकार कम्पनीले अल्टिमेटम बमोजिम नगरे/नभएमा केबलकार पक्ष र सरकार मुन्धुमी स्थललाई समाप्त गर्ने गरी असहिष्णु भएको ठहर गर्ने जनाएको छ । २०८१ भदौ २४ गतेदेखि केवलकार निर्माण लाइसेन्स खारेज नभएसम्म फुइलिङ बजारदेखि काफ्लेपाटीसम्म अनिश्चितकालीन यातायात बन्द गर्ने समेतको आन्दोलनको खाका अगाडि घोषणा गरेको छ । भक्तजनलाई समेत अग्रिम जानकारी दिँदै न्यायको लडाइँमा सहयोग गर्न यो अवधिमा मुक्कुम्लुङको दार्शन नगर्न नगराउन सम्बन्धित सबैलाई आव्हान गरिएको छ ।
ताप्लेजुङ जिल्लामा अवस्थित पवित्र आस्थाको केन्द्र आध्यात्मिक स्थल मुक्कुम्लुङ युमा माङ देवस्थललाई राज्यसत्ता र शक्तिको आडमा अतिक्रमण गरी पाथिभरा बनाइएको, त्यहाँ केवलकार बनाउन मुक्कुम्लुङ क्षेत्रमा डकैत शैलीमा आधारातमा मुन्धुमी बोटविरुवा, बहुमूल्य जडिबुटीजन्य वनस्पति लगायत लाखौं राष्ट्रिय फूल लालिगुराँस काटेको विरुद्धमा विगत ६ वर्षदेखि नै हामी आन्दोलनरत रहेको सर्वविदितै भएको जारी विज्ञप्तिमा उल्लेख ।
चन्द्र ढकालले मुकुमलुङ क्षेत्रमा केबुलकार बनाउने सपना देखाएपछि त्यहाका स्थानिय याकथुङ समुदाय दुई खेमामा विभाजन भएको छ । एकपक्षलाई विकासमा केबलकारको सपना देखाएपछि त्यस क्षेत्रको कायापलट हुने हुटहुटी भएको छ । अर्को पक्षले भने निरन्तर विकासको आश्वासनमा पुर्खौली स्थल नासिने र पहिचान नष्ट हुने भन्दै विकासको नाममा विनास हुने भन्दै पवित्र स्थल आस्थाको केन्द्रलाई जस्ताको त्यस्तै राख्नुपर्ने भन्दै अवरोध गर्दै आएको छ ।
यसरी लिम्बू याक्थुङ समुदायलाई अहिले दुई खेमामा बनाएपछि आपसमा जुध्ने मात्र नभई आखिरीमा आन्तरिक नरसंहारसम्म निम्तिने खालको द्वन्द देखिने अवस्थासम्म पुगेको छ ।तस्बिर:फायल
Discussion about this post