बाढीबाट क्षति भएको चिल्ड्रेन पार्क बनाउन व्यापक श्रमदान (भिडियो सहित)

धरान । गत भदौ १३ गते आएको भिषण वर्षासँगै आएको बाढीले क्षति पुर्याएको चिल्ड्रेन पार्क पुनः निर्माण गर्नका लागि शनिवार व्यापक श्रमदान भएको छ ।

हरेक शनिवार गरिँदै आएको श्रमदान यसपटक बाढीबाट क्षति भएको चिल्ड्रेन पार्क र थप क्षति हुन नदिन भन्दै तारजाली लगाउने काम भएको छ । बिहानै श्रमदतालाई निर्देशन दिँदै मेयर हर्क साम्पाङले शुरुवातमा पूर्वपट्टि हानिएको भेलले क्षति पुगेको त्यसपछि पश्चिमतर्फको पर्खाल हानिएकोमा खोलालाई बीचमा बगाउने भन्दै सोही अनुसार श्रम दाताले काम गरे । श्रमादाताले चिल्ड्रेन पार्क थप क्षति हुन नदिन भन्दै तार जाली सहितको ग्याबिङ् लगाएको छ ।

भदौ १३ गरेको भिषण वर्षाले धरानमा विद्यार्थीको समेत ज्यान लिएका थिए । ज्यान लिएका विद्यार्थीको अविभावकलाई पाँच लाख रुपैया आर्थिक सहयोग गरेका थिए । त्यसैगरी मेयर यसपटकको श्रमदान पार्क जस्ताको त्यस्तै बनाउन श्रमदान हुने भन्दै सामाजिक सञ्जालमा निरन्तर श्रमदानका लागि आह्वान गरेका थिए ।

शनिवारको श्रमदानमा व्यापक श्रमदाता सहभागी थिए । श्रम दाताको लागि खानाको व्यवस्थापनमा रहेका कमला लिम्बूले एक हजार छ सय जनाको लागि खाना बनाएको जानकारी दिए । यो आँकडाले शनिवारको श्रम दाता करिब दुई हजारको हाराहारीमा आएको अनुमान गर्न सकिन्छ । शनिवारको श्रम दाताको लागि भन्दै खोटाङ जिल्ला जानते ढुङ्गा गाउँपालिका हाल यूकेमा रहेका बाबुराम राई र उनका श्रीमती दीपा लिम्बूले आफ्नो जन्म दिनको अवसर पारेर खाना खुवाएको कुरा खानाको व्यवस्थापनमा रहेका कमला लिम्बूले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित