धरानमा ठूलो वर्षा हुँदा २ जना बालबालिकाले ज्यान गुमाए

धरान । धरानमा बिहीबार भएको भिषण वर्षाको कारण दुई जना बालबालिकालाई भेलले बगाएको छ । धरान उपमहानगरपालिका वडा नम्बर ११ भिक्टोरिया स्कुलमा अध्ययन गर्ने दुई बालबालिकालाई बाढीले लगिएको छ । एकजनाको धरान १७ ठकुरी खोलामा लाश भेटिएको जनाएको छ । थप विस्तृत जानकारी आउन बाकी छ ।

धरानमा यस वर्षको अत्याधिक ठूलो वर्षा भएको छ । यस अघि गत असारमा निरन्तर वर्षा हुँदा धरान भित्र विभिन्न स्थानमा बाढीसँगै पहिरो गै घरवार क्षति भएका थिए । आज भएको वर्षाले श्रम संस्कृति पार्कमा रहेको रक गार्डेन भित्र रहेको चिल्ड्रेन पार्कमा भेला पसेको छ । यस अघि पनि त्यहाँ भेला पस्न र निक्कै कटान गरेका थिए । ज्ञाबिङ लगाएपछि केही सुरक्षित भएका थिए । आजको ठूलो अत्याधिक भेलले चिल्ड्रेन पार्कमा क्षति पुर्याएको छ । पार्क प्रवेश गर्ने पुल अगाडि पनि ढुङ्गा माटो जम्मा भएपछि बाटो अवरुद्ध भएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित