मिसेज धरान आइकनमा विजेतालाई नगद पुरस्कार वितरण

धराने । यही भदौ ८ गते एल एण्ड सि मोडेल एजेन्सी प्रा.लि द्वारा आयोजित सम्पन्न मिसेज धरान आइकोन २०२४ को विजेतालाई नगद पुरस्कार वितरण गरिएको छ।
धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्र विक्रम वेघाको प्रमुख अतिथितामा बुधबार धरान-१३ स्थित धरान भ्यु रेस्टुरेन्टमा एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको हो ।

नगद पुरस्कार वितरण कार्यक्रममा उप प्रमुख बेघाबाट मिसेज धरान आइकोन २०२४ का विजेता डा. सगुन खनालले नगद रु ३० हजार, दोस्रो भगिमाया लिम्बूले रु २० हजार र तेस्रो लक्ष्मी राईले नगद रु १० प्राप्त गरेका थिए ।
पुरस्कार वितरणका क्रममा आफ्नो शुभकामना मन्तव्य दिदै प्रमुख अतिथि बेघाले सबै विजेतालाई बधाई ज्ञापन गरेका थिए । उनले सुन्दरी प्रतियोगितालाई विगतमा हेर्ने दृष्टिकोण फरक रहेको भन्दै अहिले आएर धेरै कुरा परिवर्तण भएको बताए।वेघाले पहिला छालाबाट मात्रै मोडेललाई हेर्ने गरेको थियो । उनले भने अहिले आएर सबै कुराको हिसाबकिताबले मुल्यकंन गर्दै आएको बताए। उनले विजेताहरुलाई आउने दिनहरुमा समाजमा सकारात्मक काम गरेर अघि बढ़्न सुझाव दिएका थिए।

प्रमुख अतिथि उपप्रमुख अईन्द्र विक्रम वेघाले कार्यक्रम आयोजना स्थल धरान भ्यु रेस्टुरेन्ट, ग्रान्ड फिनालीका कार्यक्रम संचालक रिङ्छेन तामाङ – तिर्थ कार्की र विशेष अतिथि महिला संजाल धरान की पुर्व अध्यक्ष एंवम आसरा सुधार केन्द्र धरानका प्रथम उपाध्यक्ष शिला बज्रचार्यलाई मायाको चिनो वितरण गरिएको थियो।

एल एण्ड सि मोडेल एजेन्सी प्रा.लि का संचालक दिपक गिरिले प्रतियोगितामा सहभागी सम्पुर्णलाई धन्यवाद र विजेतालाई बधाई तथा आउने दिनको शुभकामना दिदै कार्यक्रम समापन गरेका थिए। कार्यक्रम प्रस्तोता निश्चल पलीखेले विजेताले पाउनुपर्ने पुरस्कार घोषित अनुसार प्रदान गरिएको बताए । यस अघि कार्यक्रम स्थलमा डमी चेक हस्तान्तरण गरेपछि एवं त्यसलाई औपचारिक रुपमा नै घोषित पुरस्कार हस्तान्तरण गरिएको जानकारी दिए ।अव तत्कालै बालबालिकाको कार्यक्रम सञ्चालन हुने पनि जानकारी दिए ।तस्बिर: गोपाल पौडेल 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित