चलचित्र ‘एक्लो’ को शुभ मुहूर्त सम्पन्न, बिहिबारबाट छायांकनमा जाने

काठमाडौँ– नेपाली चलचित्र ‘एक्लो’ को शुभ मुहूर्त सम्मपन्न गरिएको छ ।

बुधबार बिहान काठमाडौंको भद्रकाली मन्दिरमा क्यामेरा पुजा गर्दै फिल्मको मुहूर्त सम्पन्न गरिएको हो । फिल्मको शुभमुहुर्तमा मुख्य कलाकारहरु विजय लामा, सुनिल थापा, दिनेश डीसी, सुरज सिंह ठकुरी, बेनिशा हमाल, कविता नेपाली, बलायती अभिनेता जेमी बेकम लगायत उपस्थित थिए ।

चलचित्रको शुभ मुहूर्त पश्चात सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै निर्देशक प्रदीप शाहीले, चलचित्र अन्तराष्ट्रिय स्तरको बन्न लागेको जानकारी दिए । अरु नेपाली चलचित्रमा भन्दा ‘एक्लो’ मा दर्शकले फरकपन पाउँने पनि निर्देशकको दावी रहेको छ ।

उनले भने, ‘म नेपाली चलचित्र भन्दा पनि विश्व चलचित्र भनेर ट्याग दिन रुचाउँछु किनकी विश्वभरी कै दर्शकलाई लक्षित गरेर बाहिर अझै जाओस् भन्ने आशा हो । एकदमै राम्रो चलचित्र बन्दै छ । तपाईहरुको सहयोगको खाँचो छ ।’
भोलीबाट छायांकन सुरु गर्ने तयारीसहित शुभमुहुरत सम्पनन गरेको चलचित्रले बुधबार फाइनल वर्कसप सक्दै छ । चलचित्रका निर्देशक शाही बेलायतबाट फर्किए लगतै यसको वर्कशप सुरु गरेका थिए ।

अन्तरिक्षमा नेपालबाट रकेट पठाउने विषयलाई उठान गरिने यो चलचित्रको टिम अहिले निर्माण टिम प्रि–प्रोडक्शनको तयारीमा लागि परेका छन् । शाही प्रोडक्शन नेपालको ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रसँग निर्माणमा ह्रयाम्साएर एकाउन्टेनले सहकार्य गरेको छ ।
चलचित्रमा प्रदिप खड्का, विजय लामा, सुनिल थापा, दीया पुन , बेनिशा हमाल्, दिनेश डि.शि, कबिता नेपालि, अवोन राज उप्रेति, सुरज सिङ ठकुरि, त्रुचु राई, कृश्न भक्त महर्जन्, बिकाश अधिकरि, दिग्गज खत्री , बिनोद कुमार सुबेदि क्षीतिज, श्रीशेष श्रेष्ठ र बाल कलाकार जेमिन श्रेठ् र स्योन सविक सिङ लगायत बेलायती अभिनेता जेमी बेकनको अभिनय रहने छ ।

जेमी चलचित्र एक्लोको छायांकनका लागि मंगबार मात्र नेपाल आएका हुन । उक्त फिल्मका निर्माता राजु कुमार गुरुङ्, हरी श्रेष्ठ ्, बिष्णु तामङ्, उत्सब बिस्ट, भाइराजा थापा, नबिन सिवा, बागबिर पुन हुन् भने कार्यकारी निर्माता बिनोद कुमार सुबेदी क्षीतिज रहेका छन । फिल्मको छायाँकारमा बाबु श्रेठ तथा चलचित्रको सेट डिजाइनरमा राजु पेन्टर, आर्ट डाइरेक्टरमा सन्तोष लामा रहेका छन्।
चलचित्रलाई ४५ दिनको समय तालिकामा काठमाडौं र मुस्ताङमा तयार सेटमा छायांकन गरिने निर्माण टिमले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित