धरान । एल एन सी मोडेल इजेन्सी प्रालिको आयोजनामा भदौ ८ गते भएको मिसेज धरान आइकन २०२४ को उपाधि सगुन खनालले हात पारिन ।
धरान १५ स्थित चुम्लुङ हिममा भएको ग्राण्डफिनालेमा सहभागी २४ जनालाई पछि पार्दै खनालले उपाधिको ताजा पहिरिएका थिए । त्यसैगरी फस्ट रनर अप भागी लिम्बुलाई घोषित गरे । प्रतियोगिताको सेकेण्ड रनर अप लक्षमी राईलाई घोषित गरे ।
त्यस अघि टप टेनबाट टप फाईभकोलागी भगी लिम्बू,लक्ष्मी राई,सगुण खनाल,रञ्जिता बास्कोटा श्रेष्ठ र लक्ष्मी लिम्बुलाई छनोट गरेका थिए ।
विभिन्न सबै टाईटलका विजेतहरुमामा मिसेज ब्युटीफुल लक्ष्मी लिम्बू,मिसेज चार्मिङ होमा लिम्बू,मिसेज वेस्ट स्माइल रिता विश्वकर्मा,मिसेज गलोविङ स्किनको उपाधि मनुशिल राईले पाएका थिए । त्यसैगरी मिसेज वेस्ट हेयर भावना लिम्बू,मिसेज इन्टेलेक्चुअल सगुण खनाल,मिसेज फ्रेण्डलीको उपाधि शोभा पौडेल श्रेष्ठ ले हात पारिन् ।
त्यसैगरी मिसेज पङचुअल सन्तोषी विक भइन्। मिसेज ओविडेन्त दया राईलाई छनोट भए । मिसेज डिसिप्लिन सिन्धु सुब्बा भए । मिसेज गेट वे गोडेस बुनु लिम्बू भइन् । मिसेज फोटोजेनिक रमिला बस्नेत भइन् । मिसेज क्विक लर्नर निरमाया विकलाई घोषित गरे । मिसेज सपेक्टकुलर आईको उपाधि रञ्जिता बास्तोलालाई मिले । मिसेज साईनिङ स्टारको उपाधि श्रृजना लिम्बूले पाईन । मिसेज एक्टिभको उपाधि तारादेवी तामाङले हात पारिन् ।
विगत एक महिना अघि अडिसन शुरु भएपछि साउन महिना भरि प्रतियोगीहरुले विभिन्न क्षेत्रको ज्ञान शिक्षा तथा प्रशिक्षण लिएका थिए । तस्बिरहरु: गोपाल पौडेल
Discussion about this post