७८ लाखको लागतमा गोर्खा चौतारी बन्ने,मेयर साङपाङबाट शिलान्यास(भिडियो सहित)

धरान । श्रम संस्कृति पार्क भित्र ७८ लाखको लागतमा गोर्खा चौतारी बनाउनको लागि मेयर हर्क साम्पाङबाट शिलान्यास भएको छ ।

युके,सिङ्गापुर,भारतीय भूपू सैनिकहरूको संयुक्त लगानीमा बन्ने तयारीमा गोर्खा चौतारी रहेको संयुक्त गोर्खाले जनाएको छ । भदौ ९ गते एक कार्यक्रमका बीच शिलान्यास गरिएको हो । हाल रहेको आरा धरानको प्रतिमाको नजिकै रहेको खाली स्थानमा उक्त चौतारी बन्ने भएको हो । चौतारी बनाउन प्राविधिक इस्तिमेट अनुसार ७८ लाख रूपियाँ लाग्ने बताए । तर बन्दै जाने क्रममा यसको मूल्य करिब एक करोड पुग्ने कुरा संयुक्त गोर्खाले जनाएको छ ।

छ महिनाभित्र निर्माण कार्य सम्पन्न गर्न उदेश्य सहित लागेको कुरा शिलान्यास कार्यक्रममा जानकारी दिए । शिलान्यास कार्यक्रममा बोल्दै मेयर हर्क साम्पाङले भूपू गोरखाको योगदानको बारे भनेर साध्य नभएको बताए । मेयर साङपाङले आफू माध्यम मात्र भएको बताए । उनले आफ्ना लागि नभएर भुपुको योगदान देशका लागि धरानका लागि दिएको बताए । यो चौतारी गोर्खा सैनिकको रगत पसिना भन्ने क्रममा उनी भक्कानिए । आफू पनि लाहुरेको सन्तान रहेको भन्दै आफ्ना दाजुभाइ लाहुरे भएर यूकेमा रहेको बताए । मेयर साङपाङले यसपटक युके जाने जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित