अमेरिकाबाट सुम्निमा पारुहाङको लागि पन्ध्र लाख आयो

धरान । धरान उपमहानगरपालिका वडा नम्बर स्थित चिन्डे डाँडामा निर्माणधिन रहेको सुम्निमा पारुहाङको प्रतिमा निर्माणका लागि अमेरिकाबाट १५ लाख रुपैयाँ आएको छ ।
श्रमदानको दिन आज शनिवार अमेरिकाबाट पठाएको सहयोग रकम मेयर हर्क साम्पाङ सहित सुम्निमा पारुहाङ प्रतिष्ठानलाई हस्तान्तरण गरिएको छ । अमेरिकामा विगत २६ वर्षदेखि रहँदै आएका मातृहँग लिला राईको संयोजकत्वमा सङ्कलन भएको कुरा प्रतिष्ठानका राजेन्द्र राईले बताए । लिला राईलाई अमेरिकाको संयोजकको जिम्मेवारी दिएपछि आर्थिक सङ्कलन जुटेको बताए । लिला राई आफ्नो अगुवाइसङ्गै स्वयमले ४ लाख २५ हजार समेत प्रदान गरेको छ । अमेरिकामा रहेका विभिन्न व्यक्तिहरूले सहयोग गरी जम्मा १५ लाख रुपैयाँ सङ्कला भएको हो ।

डा. योगेन्द्र पालुङबाले लिला राईको अगुवामा यस सिक्किमको माङहिम लागि पनि आर्थिक सङ्कलन भएको जानकारी दिए । उनले भोजपुर लगायतका स्थानका लागि समेत आर्थिक सहयोग जुटाउने सक्रियता देखाउँदै आएको बताए ।

सुम्निमा पारुहाङ प्रतिमा निर्माण ४० करोड बढीको गुरु योजना भएकोले यसको लागि गत साल महासँगीतिक सम्मेलन गरेका थिए । यसपटक पनि सुम्निमा पारुहाङ दोस्रो साँझ आगामी असोज महिनामा हुने कुरा मेयर हर्क साम्पाङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित