स्वतन्त्र नागरिक समाज पुनर्गठन समिर तामाङ भए अध्यक्ष

धरान । स्वतन्त्र नागरिक समाज धरानको पुर्नगठनसंगै समिर तामाङ अध्यक्षमा चुनिएको छ ।
धरान १० स्थित सैनिक भवनमा बिहिबार भएको भेलाले समीर तामाङको अध्यक्षतामा ३३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको । नव गठित समितिको उपाध्यक्षमा नतिजा लिम्बु, सचिवमा प्रेम श्रेष्ठ, सहसचिवमा सत्य घले गुरुङ र कोषाध्यक्षमा शर्मिला राई चयन भएका छन् ।

सदस्यहरुमा प्रसाद राई, करुण राई, लिला बुढाथोकी, ज्ञानु चाम्लिङ, सम्झना राई, सुनिता वडामा, मुना राई, स्पा केरुङ र मिलन राई रहेका छन् । त्यसैगरी अन्य सदस्यहरु भने समाजको वडास्तरमा गठन भएको कार्यसमितिका अध्यक्षहरु पदेन सदस्यकोरुपमा रहने नवनिवार्चित अध्यक्ष तामाङले जानकारी दिए ।

मेयर हर्क साम्पाङ्ग निकट रहेको स्वतन्त्र नागरिक समाजका निवर्तमान अध्यक्ष दत्त लिम्बू थिए । समाजको संस्थापक संरक्षकको रुपमा मेयर साम्पाङ रहेका छन् । संरक्षक सल्लाहकार निवर्तमान अध्यक्ष दत्तकुमार लिम्बु, दिनेश राई, मीना सिंगक, शिव वान्तवा राई र कुन्दन राई चयन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित